समाचार

ब्रेकिङ्ग न्यूज पूर्व जाँदै गरेको बस पल्टियो ३० जना यात्रु

पथरीमा बस र पिकअप आपसमा ठोक्किदा २ जना नर्फकने गरी बिदा भए, ३० जना घाइते (भिडियोसहित)पथरी । मोरङको पथरीशनिश्चरे-१० मा बस र पिकअप आपसमा ठोक्किदा २ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।मृत्यु हुनेमा बसका सहचालक कानेपोखरी ३ का ३१ बर्षीय टिकाराम थापा र अर्का एक जनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । अनुहारमा गम्भीर चोट लागेका कारण एक जनाको पहिचान भएको छैन् । एकजनाको घटनास्थलमै र अर्काको नोवेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।विहीवार विहान ९स्१० बजेको समयमा कानेपोखरीको विहीवारेबाट यात्रु लिएर पूर्वतर्फ जाँदै गरेको को।१ ख ४८४२ नम्वरको बस र पथरी बजारको सब्जीबजारबाट पूर्वपश्चिम सडकतर्फ निस्किएको मे।१ च ५३९१ नम्वरको पिकअप आपसमा ठक्कर खाँदा कारुणिक अवस्था सिर्जना भएको थियो । रफ्तारमा रहेका बस र पिकअप ठोक्किदा बस सडकमा पल्टिएको थियो । बस र पिकअपको अगाडीको भाग पूर्णरुपमा कुच्चिएको छ । वसका सवै सिसाहरु फुटेको र अगाडीको चक्कासमेत निस्किएको छ ।

घाइतेहरुलाई तत्काल पथरी हस्पिटल र मोरङ हस्पिटल पुर्याइएको थियो । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुले समेत तत्काल घाइतेहरुको उद्धार गर्दै उपचारमा पहल गरेका थिए ।कानेपोखरी ४ का टीकाराम थापा, कानेपोखरी नारायण चोककी खिलमाया लिम्बू, कानेपोखरी ३ का मित्र दहालका छोरा नाम नखुलेका व्यक्ति सहित १० जनालाई नोवेल र न्यूरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । २ जना सख्त घाइते रहेको उल्लेख छ ।कानेपोखरी ३ की तारा लिम्बू र अविगेस राई, कानेपोखरी ५ की कविसा दहाल, कानेपोखरी ४ का सरण राई र नगेन्द्र कार्की, पथरीशनिश्चरे ५ की सीता खतिवडाको पथरीस्थित मोरङ हस्पिटलमा उपचार भइरहेको छ ।झापा हल्दिवारीका टेकबहादुर भुसाल, विर्तामोडका अविशेक कार्की, श्याम कार्की, विर्तामोड ४ का जीवन बराइली, उर्लावारी ५ की इन्द्रमाया गुरुंग, डीवी माझी, ठेगाना नखुलेका होमबहादुर कटुवाल, प्रविना भट्टराई, सुकदेव धिमाल, प्रेमबहादुर कार्की, निर्मला गिरी सहित घाइते रहेको पथरी अस्पतालबाट जानकारी प्राप्त भएको छ ।

Related Articles

Back to top button