समाचार

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ

काठमाडाैँ, ३ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । अध्यक्ष दाहाल बिहीबारदेखि अस्वस्थ भएको उनको निजि सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालको घाँटीमा समस्या भएको छ । घाटीमा समस्या (टन्सील) भएपछि चिकित्सकले उनलाई केहीदिन नबोल्न सल्लाह दिएका छन् । प्रचण्डले ललितपुर खुमलटारस्थित निवासमा आराम गरिरहेका छन् ।

घाँटीमा समस्या आएपछि अध्यक्ष प्रचण्डको शुक्रबारको सबै कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । केहीदिनको लागि नेता तथा कार्यकतालार्ई उनीसँग भेटघाट गर्न समेत राेकिएको छ ।

Related Articles

Back to top button