समाचार

शिक्षक को कुटाईबाट विद्यार्थीको मृत्यु

कञ्चनपुर- शिक्षकको कुटाईबाट मृत्यु भएको विद्यार्थी माधबको ११औं दिनमा अन्त्यष्टी गरिन लागिएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित महाकाली बाल विद्यालयका शिक्षकहरुको सामुहिक कुटपिटबाट मृत्यु भएका थिए । उनी महाकाली बाल विद्यालय कक्षा ९ मा अध्ययनरत थिए । माधवको गत २४ असारमा भारतीय अस्पतालमा मृत्यु भएको थियो ।

माधवको भारतीय सरकारी अस्पतालमा पोष्टमाष्टम गरेपछि आफन्तले महाकाली अञ्चल अस्पतालमा पुनः परीक्षणका लागि शव राखेका थिए । बिहीबार माधवको पुनः पोष्टमाष्टम गरिए पछि आज उनको अन्तयष्टि गरिन लागेको हो ।

शिक्षककै सामुहिक कुटाईबाट माधवको मृत्यु भएको भन्दै परिवारले शव बुझन मानेका थिएनन् । १० असारमा गाउँमै विद्यार्थीहरुबीच भएको झैझगडाको विषयलाई लिएर १३ असारमा विद्यालयका प्रिन्सिपलसहितका शिक्षकले कुटपिट गरेको पीडित परिवारले जनाएका थिए ।

Related Articles

Back to top button