भिडियो

दुःखद खबर यात्रुले खचा खच भरिएको जीप दुर्घटना

काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो । कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो । घटनामा ११ जना घाइते भएका छन् । जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ ।

जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

याे पनि हेर्नुसः काठमाडौँ- नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको अपोजिटमा देखिएकी चर्चामा आएकी नायिका अदिती बुढाथोकी अभिनित हिन्दी गीत हावा बन्के को नँया म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दर्शन रावलको स्वर रहेको छ ।

उक्त गीतको भिडियो अदितीसँग गायक दर्शनको पनि अभिनय रहेकने छ । अदितीको अपोजिटमा दशृन देखिएका छन् । माजिक सञ्जालमा तस्बिर अपलोड गरेर चर्चामा आइरहने अदितिले मुम्बईमा दर्जनको हाराहारीमा म्युजिक भिडियो खेलिसकेकी छिन् । उनी बेला बेला बोल्ड तस्विर सेयर गरेर चर्चामा आइरहन्छिन् ।

Related Articles

Back to top button