अन्तर्राष्ट्रिय

बाल बालिका बोकेको ट्रक दुर्घटना नौ जनाको मृत्यु

मनिला । फिलिपिन्समा बालबालिका बोकेको एउटा ट्रक दु*र्घटनाग्र*स्त हुँदा आठ बालबालिका सहित नौ जनाको मृ*त्यु भएको छ।एउटा खेलकुद कार्यक्रममा सहभागी हुन ट्रकमा चढेका उनीहरु दु*र्घटनामा परेको प्रहरीले जनाएको छ।ट्रकमा झण्डै ३० जना बालबालिका र उनीहरुका केही अभिभावक एवं शिक्षकहरु चढेका थिए ।

मध्य फिलिपिन्सको बोल्जून नगर बाहिरको भिरालो सडकमा ट्रकमा ब्रेक नलागेर खोल्सोमा झ*रेको थियो ।बोल्जून नगरका मेयर मर्लाउ डेरामाले ट्रक ड्राइभरले ट्रक रोक्न खोजेपनि अ*नियन्त्रित भई प*ल्टिएको बताए।

उनले दुर्घटनामा ११ र १२ वर्षका आठ बालबालिका र एक जना अभिभावकको घ*टनास्थ*लमै मृ*त्यु भएको थियो । उक्त घ*टनामा ट्रक चालक भने सकुशल रहेका छन् ।गत महिना पनि पूर्वी कामारिन सुर प्रान्तको पहाडी इलाकामा ट्रक दु*र्घटना हुँदा १३ जनाको ज्या*न गएको थियो । एएफपी

Related Articles

Back to top button