समाचार

छोरीलाई जबरजस्ती करणी गरेको अभियोग मा रमेश पक्राउ

काठमाडौं । अर्घाखाँची, सितगंगा नगरपालिका १४ बिक्रम बस्ने ४२ वर्षीय पुरुषलाई आफ्नै १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमलपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यस्तै मुस्ताङ, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा ज्याला मजदुरी गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका २ बुर्तिबाङ घर भएका रमेश घर्ती मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई स्थानीय होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुक्तिनाथ मुस्ताङबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related Articles

Back to top button