समाचार

विद्यालय परिसरमा रनबहादुर को शव

परशुराम : डडेल्धुराको परशुरामनगरपालिका–५ भुवनेश्वरी नमुना माध्यमिक विद्यालय परिसरमा शव भेटिएको छ। ३५ वर्षीय रनबहादुर दर्लामीको शव बुधबार भेटिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए। उनी चुरे गाउँपालिका ४ बण्डका बासिन्दा हुन्। घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाण्डेय को भनाइ छ। धनगढी । कर्णाली नदीमा डुबेर आज कैलालीको मोहन्याल गाउँपालिका–७ खैरानी गाउँका २५ वर्षीय निर्मे शाहीको मृत्यु भएको छ ।दिउँसो नुहाउन खैरानी गाउँ नजिकको कर्णाली नदीमा गएका शाही डुबेर बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शाहीको शव घटनास्थलबाट १०० मिटर तल सोही नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।चोरका अनौठा शैली ! चितवन – चितवनमा चोरीको घटना बढ्दै गएपछि प्रहरीले रात्री गस्ती बढाएको छ । सादा पोसाकमा गस्ती गर्ने प्रहरीको संख्या बढाएर संवेदनशील क्षेत्रमा रातको समयमा प्रहरी गस्ती बढाएको हो । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले नागरिक पीडित छन् ।प्रहरीले पाँच दिनको अवधिमा ४३ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउसमेत गरेको छ । अनुसन्धानपछि १९ जना चोरीमा संलग्न भएको प्रमाणित भएपछि कानुनी कारबाहीका लागि अगाडि बढाइएको प्रहरी बताएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिनमा ३३ जनासम्मलाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरु

पछिल्लो चोरीका घटनामा संलग्न भए/नभएकोबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताउनभयो । रातिको समयमा गस्ती बढाउँदा दिउँसोको समयमा चोरीको घटना बढेकोले प्रहरीको गस्ती दिउँसोमा पनि बढाएको उहाँले बताउनुभयो । कतिपय घटनामा अनुसन्धान गर्दा पीडितहरुको पनि कमजोरी देखिएको प्रहरीको भनाइ छ । घरका झ्यालढोका राम्ररी बन्द नगर्नु, बन्द गरेर पनि चाबी त्यहीँ राखेर बाहिर निस्कनु, घर छाडेको छिमेकीलाई जानकारी नदिनु, घरमा अन्य सुरक्षा संयन्त्र नहुनुजस्ता कारणले चोरीका घटनाहरु बढ्नेगरेको प्रहरीको भनाइ छ । नागरिक आफै सचेत हुनुपर्ने प्रहरीको भनाइ छ । बास माग्दै लुट्दै यो वा त्यो बहानामा बास माग्ने र जुन घरमा बास बस्यो त्यही घरमा राति लुटेर हिँड्ने क्रम पनि बढेको छ । दिउँसोको समयमा भरतपुरको एउटा घरमा ३ जना शरण माग्दै पुगे । प्रहरीले खोजी गरेको छ हामीलाई जोगाइदिनुस भने । घरबेटीले एउटा कोठामा ३ जनालाई आश्रय दिए । चुकुल लगाएर भित्रै बसे उनीहरु । साँझ पर्दै गयो ।उनीहरुले ‘यहाँबाट निस्किएपछि हामी प्रहरीको फन्दामा पर्छौं जोगाइदिनुस्’ भन्दै बिन्ती गरे । घरबेटीले सहमति जनाए । खाना पनि खुवाए । तर,रातको ११ बजेपछि बाहिरबाट २ जनालाई बोलाई घरभित्र प्रवेश गराई चक्कु छुरी देखाएर तिनै दयाभाव राखेका घरवेटीका सबै गरगहना र

पैसा लुटेर राति नै भागे । योजनाकार चोर भरतपुरमै चोरीको क्रम बढेपछि प्रहरीले शंकास्पद धेरै व्यक्तिलाई समाउन थाल्यो । अनुसन्धानका क्रममा प्रहरीकै सहयोगीका रुपमा रहेका एक व्यक्ति नै चोरको नाइके भएको खुल्न आएको छ । केही दिनअघि भरतपुर–३, बाह्रघरेमा घरमा चोरी भयो । गाउँलेहरुकै शंकाका आधारमा विगत ४ महिनादेखि त्यसै क्षेत्रमा भाडामा बस्दै आएकासञ्जु रानामाथि खानतलासी भयो ।खोजीको क्रममा उनको कोठाबाट चोरिएको सुन बरामद भयो । उनी एक वर्ष अघिसम्म प्रहरीकै सहयोगीका रुपमा कार्यरत रहेछन् । रानाले चोरी कार्यमा अरु सडक बालबालिकालाई परिचालन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अटो चलाउँदै, खसी चोर्दै अटो रिक्सा चलाएर डुल्ने। यात्रु कुरेझैँ केही समय रोकिएर बस्ने र खसी बोका देख्नेबित्तिक्कै अटोमा च्यापेर भाग्ने चोर पनि छन् । चितवनमा पछिल्लो समय खसीबोका चोरको संख्या पनि बढेको छ । किसानका गोठ, खसी वजार र मासु पसलका लागि खरिद गरी ल्याइएका खसी बोका चोरेर हिँड्ने गिरोह पनि चितवनमा रहेको प्रहरी बताउँछ । खसी बोका चोर्नका लागि अटो रिक्सा धेरै प्रयोग भएका छन् । घुम्ती फोर्दै, चाउचाउमै रमाउँदैकेही चोरहरु घुम्ती फोर्ने मात्र हुन्छन । सामान्य चाउचाउ बिस्कुट चटपट र चिसो राखेर बिक्रीका लागि राखिएको घुम्ती फोर्ने चोर पनि सक्रिय भएको जिल्ला

प्रहरी कार्यालय चितवनमा चोरी शाखा हेर्ने प्रहरी सहायक निरीक्षक ठाकुर पनेरुले बताउनुभयो । घुम्ती फोर्ने र खानेकुरा लिएर जंगलमा पुगी खाएर रमाइलो गर्ने क्रममा धेरै चोर समातिएको उहाँले बताउनुभयो । बिरामी कुरुवा बन्दै, सिरिन्ज चोर्दै अस्पतालमा बिरामी कुरुवाजस्तो बन्ने अनी फार्मेसीमा ढुकेर सिरिन्ज चोर्दै भाग्दै गर्ने चोरहरु पनि बढेकाछन् बिरामी कुरुवाजस्तो भन्दै झुक्किएर मेडिकलमा छिरेको जस्तो गर्ने शैली यिनीहरुको हुन्छ ।लागु औषध प्रयोग गर्नेहरुले अस्पताल, मेडिकल र औषधि पसलमा प्रवेश गरी सिरिन्ज मात्र चोरी गर्ने गरेको पाइएको पनेरुले बताउनुभयो । उनीहरुले अरु केही नचोर्ने तर सिरिन्ज मात्र चोरी गर्ने गरेको पाएको उहाँलेबताउनुभयो । लागु औषधको लतमा परेकाहरु यस्ता चोरीमा सक्रिय हुने गरेका छन् । दिउँसो पहिचान, रातिमा चोरी सुन र पैसा चोरीमा लाग्नेहरुको चोरी गर्ने शैली अरुका भन्दा फरक रहेको पाइएको छ । दिउँसोको समयमा डुल्दै हिँड्ने कुन घरमा ताल्चा लगाएको छ । त्यो पहिचान गर्ने र रातको समयमा त्यही घरमा पुग्दा ताल्चा लगाइराखेको पाएमा ताला फोडेर चोरी गर्ने गरेको पाइएको पनेरुले बताउनुभयो । कुन टोलमा कुन घरमा चोरी गर्न सकिन्छ । दिउँसोमा पहिचान गर्ने र रातिको समयमा गएर त्यही

घरको ढोका फोर्ने र चोर्ने चोरहरुको बिगबिगी पनि बढेको छ । बोरा बोक्ने, हार्डवेयर छिर्ने पुराना बोरा बोकेर हिँड्ने कसैले देखे फोहोर टिप्ने नदेखे सामानै चोरी हाल्ने चोरको पन बिगबिगी छ । कवाडी मात्र चोरी गर्ने चोरहरु पनि छन् । उनीहरु हार्डवेयर पसल,पानीका धारा,तारबार लगाएको स्थान, होटल र पुराना सामग्री राखिएका क्षेत्रमा बढी डुल्ने घुम्ने गरेको पाइएको प्रहरीले बताएको छ । हेर्दा सामान्य देखिने उनीहरु अटेरी स्वभावका देखिने गर्छन । बेवारिसे बालबालिकाहरु यस्तो चोरीमा सक्रिय देखिएका छन् । फोन गर्न मोबाइल माग्ने, टाप कस्ने बाटोमा यात्रा गरिरहँदा दयालु बनेर एकै छिन फोन गर्न मोबाइल माग्ने । मोबाइलमा कुरा गर्दागर्दै मोबाइलै लिएर भाग्ने चोरहरु धेरै भेटिएका छन् । सबैभन्दा धेरै गुनासो र चोरीमा संलग्नको तथ्याङ्क हेर्दा मोबाइल चोरीको संख्या धेरै देखिन्छ । मोबाइल पसलदेखि सामान्य अवस्थामा प्रयोगकर्ताहरुको साथबाटै मोबाइल चोर्छन् । चोरी गर्न ‘टूलबक्स’प्रहरीले चोरी गर्ने गिरोह समायो । अनुसन्धान गर्दै जाँदा उनीहरुले चोर्न प्रयोग हुने ‘टूलबक्स’ नै तयार गरेका रहेछन् । खोज्दै जाँदा जंगलमा त्यस्ता ‘टूलबक्स’ राखिने पत्ता लाग्यो ।चितवन प्रहरीले खोजेको चोरका ‘टूलबक्स’मा हथौडा, कैची, फलाम काट्ने रेती, चक्कु, खुकुरी, बेहोस् बनाउने औषधिलगायतका सामग्री राखेको बक्स नै फेला पार्यो । भरतपुरमा चोरी गर्ने चोरका यस्ता ‘टूलबक्स’ भरतपुर आसपासमा रहेका जंगलमा राखिने गरेको प्रहरीले पत्ता लगाएको छ ।

Related Articles

Back to top button