समाचार

पूर्व-पश्चिम् राजमार्ग मा चक्का जाम

लहान । सिरहाको बन्दिपुरस्थित पूर्व-पश्चिम् राजमार्गमा चक्काजाम गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरमा अवस्थित शर्पदंश उपचार केन्द्रको लापरवाहीका कारण एक युवकको मृत्यु भएको भन्दै बन्दिपुरस्थित पूर्वपश्चिम् राजमार्गमा चक्काजाम गरिएको हो । शर्पले टोकेपछि उपचारका लागि शर्पदंश उपचार केन्द्र बन्दिपुर गएका अन्दाजी २२ वर्षीय तिलक बरालको मृत्यू भएपछि आक्रोशित बनेका स्थानीयहरु चक्काजाम गरेका हुन् ।

अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । हिजो शुक्रबार शर्पले टोकेको ९ मिनेटमै आँफै मोटरसाईकल चलाएर उपचार केन्द्र पुगेका बरालको उपचारमा लापरवाहीका कारण मृत्यू भएको आफन्तको आरोप छ । उनको हिजै अन्तिम अवस्थामा जनकपुर रिफर गरिएकोमा त्यहाँ पुगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको हो । उपचारको लागि दक्ष चिकित्सक नहुँदा पनि त्यही राखेको र पछि अन्तिम अवस्थामा रिफर गरिएका कारण उनको मृत्यू भएको आरोप छ ।

बराललाई गोमन शर्पले टोकेको थियो । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले प्रदर्शनकारी, प्रहरी र जनप्रतिनिधि समेतको रोहवरमा बसेर सहमति गर्ने शर्तमा विहानैदेखिको चक्काजाम ११ बजे खुलाइएको बताएपनि सहमति हुन नसकेपछि अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बनेको हो । आन्दोलनकारीहरुले चक्काजाम जारी राखेपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुने सम्भावना देखिएको छ ।

Related Articles

Back to top button