अन्तर्राष्ट्रिय

जमिन खन्दाखन्दै मजदुरको एकाएक यसरी चम्कियो भाग्य

एजेन्सी , स्पेनको एक पार्कमा पाइप गाड्ने काम भइरहेको थियो । मजदुरहरु जमिन खन्दै थिए । यत्तिकैमा एक मजदुरले जमिन खन्दै गर्दा अनौठो आवाज आयो ।यो कुनै कडा यस्तुमा ठोक्किएपछि आउने आवाज थियो ।त्यसपछि मजदुर हरुले त्यहाँ खन्न थाले । खन्दै जाँदा त्यहाँ धातुका घडा भेटिए । घटा १–२ वटा होइन पूरै १९ वटा थिए । यिनीहरुको आकार पनि गाउँघरमा पानी बोक्न प्रयोग हुने घैंटाजत्रै थियो।यी घडा खोलेर हेर्दा त्यहाँभित्र सबैमा चाँदी र तामाका परापूर्वकालीन सिक्काहरु भरिएका थिए । यी सिक्का करिब १६०० वर्ष पुराना अर्थात चौथो शताब्दीको रोमनकालका थिए ।जसको मूल्य खर्बौं रुपैयाँ थियो ।

स्पेनको टमारेस शहरमा एक पार्कमा पाइप गाड्ने क्रममा यसरी खजाना भेटिएको हो । यहाँ भेटिएका सिक्कालाई जोख्दा तिनीहरुको तौल ६ क्विन्टल थियो । जमिनभित्र यी सबै घडा १ मिटरभन्दा पनि कम गहिराइमा भेटिएका थिए।सेभिले पुरातत्व संग्रहालयका अनुसार यी सिक्काहरु सैनिकहरु वा अधिकारीहरुलाई दिन राखिएको हुन सक्छ । यी सिक्काहरुमा रोमन साम्राज्यका कन्स्टेन्टाइन र म्याक्सिमियानको तस्वीर अंकित थियो ।यस्ता सिक्का यसअघि स्पेनमा कहीँ पनि भेटिएका थिएनन् । संग्रहालयकी निर्देशक एना नेवेरोले भनेकी थिइन् कि यी सिक्का त्यो जमानाका हुन् जतिबेला युरोपका अधिकांश भागमा रोमनले शासन गर्थे।

Related Articles

Back to top button