अन्तर्राष्ट्रिय

लाइभ भिडियो::: अचानक समुद्रमा खस्यो बोइङको विमान

एजेन्सी। बोइङको एक हवाइजहाज ल्याण्ड गर्नुभन्दा ठिक पहिले समुद्रमा डुब्यो । जतिबेला विमान समुद्रमा डुब्यो त्यतिबेला विमान र रनवेको दूरी १५०० फिट मात्र बाँकी थियो । सेप्टेम्बर २०१८ मा भएको यो दुर्घटनाको जाँच रिपोर्ट अहिले सार्वजनिक गरिएको छ । रिपोर्टमा दुर्घटनाको कारणबारे उल्लेख छ ।

एयर निउगिनी एयरलाइन्सको विमान माइक्रोनेशियामा ल्याण्ड गर्नुपर्ने थियो । तर विमान रनवेभन्दा ठिक अगाडि प्रशान्त महासागरमा खस्यो । पपुवा न्यूगिनी दुर्घटना अनुसन्धान आयोगले आफ्नो फाइनल रिपोर्टमा भनेको छ ‘विमानको अटोमेटिक सिस्टमले पटक पटक चेतावनी दिएको थियो तर पाइलटले त्यसलाई बेवास्ता गरे । यही कारण दुर्घटना भयो ।’

रिपोर्टका अनुसार विमानको सिस्टमले चेतावनी दिएको थियो । आवाज र लाइटको माध्यमबाटसन्देश दिइएको थियो । दुर्घटनाको बेला ककपिटमा रेकर्ड गरिएको एक भिडियो पनि जारी गरिएको छ । भिडियोमा को पाइलटले ‘हामी धेरै तल छौं, हामी धेरै तल छौं’ भनिरहेको सुन्न सकिन्छ ।

विमान समुद्रमा डुबेपछि ३४ जनालाई बचाइएको थियो । एक जनाको भने मृत्यु भएको थियो । रनवेनजिकै दुर्घटना भएका कारण कैयौं डुंगाहरु तत्काल विमाननजिक पुगेका थिए । अमेरिकी नेभीले धेरैजसो यात्रुको उद्धार गरेको थियो । जाँच रिपोर्टमा पाइलटको नाम उल्लेख गरिएको छैन । तर, रिपोर्टमा प्रस्ट भनिएको छ कि उनले कैयौं चेतावनी सन्देशलाई अस्वीकार गरेका थिए ।

भिडियोमा हेर्नुहोस् यसरी खसेको थियो विमान –

Related Articles

Back to top button