समाचार

ब्युरो इन्चार्ज माइला लामा पक्राउ

काठमाडाैँ, ५ साउन । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामा प*क्राउ परेका छन् ।लामालाई प्रहरीको काँडाघारीबाट गएराति प*क्राउ गरेको हो ।महानगरीय अपराध महाशाखाका अुनसार लामालाई १२ बजे हि*रास*तमा लिइएको थियो ।प्रहरीले लामासँगै अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हि*रास*तमा लिएको छ ।लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम विस्फोटनका घटना गराउन निर्देशन दिएको आरोप प्रहरीले लगाएको छ ।दाङ : घरबाट बजार जान्छु भनेर निस्किएकी बालिका दुई दिनदेखि एक बालिका

बेपत्ता भएकी छन् । दंगीशरण गाउँपालिका–६ राजपुर निवासी जयबहादुर कुँवरकी १२ वर्षीया छोरी गरिमा कुँवर दाङको तुलसीपुरबाट शुक्रवारदेखि हराएकी हुन् ।तुलसीपुर बजार आएकी कुँवर हराएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् । शुक्रवार घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा छ ।वेपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ ।गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिब ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग बोकेकी बालिकाकी आमा राधा कुँवरले जानकारी दिइन् ।बालिकाका आमा राधा कंवरका अनुसार बालिका भटिएमा जो कोहीले पनि नजिकैको प्रहरी चौकी वा मोवाइल नम्बर ९८०९८–४८४८५ र ९८१०९८–७६६० मा सम्पर्क गर्न सकिनेछ ।

Related Articles

Back to top button