समाचार

काठमाडौं–विमानस्थमा यात्रुहरुको झोला चेकजाँच गर्ने क्रममा प्रहरी चकित

काठमाडौं– लागू औ8षध नियन्त्रण ब्यूरो (एनसीबी) ले ४ करोड मूल्य बराबरको लागू औ*षधसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोर्चुगिज नागरिक २५ वर्षीय टियागो मेन्डस पेरिरा रहेका छन् । ब्यूरोका एसएसपी वसन्त कुमार लामाका अनुसािर टियागोलाई अन्तर्राष्टिय विमानस्थको प्रस्थानतर्फ रहेका यात्रुहरुको झोला चेकजाँग गर्ने क्रममा पक्राउ गरिएको हो । एयर इण्डियाको उडान नम्बर एआई २१६ बाट भारतको दिल्ली हुँदै जापान जान लागेको अवस्थामा टियागोलाई पक्राउ गरिएको एसएसपी लामाले जानकारी दिए ।

ए*क्सरे मेसिनमा जाँच गर्दा द नर्थ फेस लेखिएको कालो,खैरो र निलो रंगको पछाडि भिरेर बोक्ने कपडाको झेलाभित्र सानो सानो प्याकेट जस्तो वस्तु देखिएकाले लागू औ*षध हुनसक्ने आ*शंकामा चे*कजाँच गर्दा लागू औ*षध रहेको पुष्टि भएको उनले बताए ।टियागोको साथबाट २७ वटा कागजका बक्सहरुमा रुमाल, टाई र त्यसमूनि फल्स बटम बनाई सानोसानो प्याकेटभित्र लागूऔषध ४ केजी २०० ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका टियागोमाथि थप अ*नुसन्धान भइरहेको छ ।

Related Articles

Back to top button