समाचार

भर्खरै। विराटनगर बाट आयो दुखद खबर

माेरङ – उपचारको क्रममा बिरामीको ज्या*न गएपछि विराटनगरमा रहेको नोबेल अस्पतालमा तनाव सिर्जना भएको छ ।

गएकाे बिहीबार उपचारका लागि अस्पताल भर्ना भएका सुनसरीको दुहबी नगरपालिका-६ का अनिल कुमार साहको ज्या*न गएको थियो । खुट्टामा सामान्य चो*ट लागेपछि अघिल्लो बिहीबार नाेबेल अस्पतालमा गएका अनिललाई अस्पतालले सामान्य ब्याण्डेज गरेर औषधी दिएकाे र एक हप्ता पछि आउन भनेकाे आफन्तकाे भनाइ छ ।

त्यतिले खुट्टा ठिक नभएपछि याे बिहीबार फेरि अस्पतालमा आएका उनकाे डाक्टरहरुकाे सुझाव अनुसार शुक्रबार अप्रेसन भयाे । अप्रेसन गर्नुभन्दा अगाडि सामान्य रहेका अनिल अप्रेसनपछि बेहो*स भएको मृत*कका भाई प्रदिप साहले बताउनुभयाे ।

शुक्रबार अप्रेसन गरिएका अनिललाई आइतबार बिहान मृ*त घोषित गरिएको थियो । अनिलको आइतबार बिहान ६ बजे नै मृ*त्यु भएको पुष्टि गरेको भए पनि आफन्तलाई ९ बजेपछि मात्र जानकारी दिइएकाले चिकित्सकको लापर्वाही भएको मृत*कका भाइ प्रदिपको आरोप छ ।

अस्पतालका डाक्टरको लापर्वाहीका कारण अनिलकाे ज्या*न गएको बताउँदै अप्रेसन गरेर ल्याएपछि अनिलको आँखामा पट्टी बाँधिएको र हेर्न खोज्दा देखाउन समेत नमानेकाे मृ*तकका परिवारको आरोप छ ।

अनिलकाे मृ*त्यु भएपछि अहिले नोबेल अस्पतालमा बिरामीका आफन्तले घेराउ गरेर प्रदर्शन गरिरहेका छन् । डाक्टरलाई कारबाहीको माग गर्दै उनीहरुले अस्पतालाई मान्छे मा*र्ने लाइसेन्स नभएको भन्दै नाराबाजी समेत गरेका छन् । अस्पतालमा सुरक्षाका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

अस्पताल प्रशासनले भने अनिलको हृद*याघात ज्यान गएको बताएको छ । अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले बिरामीको हृदय*घातका कारण मृ*त्यु भएको बताउँदै समस्या समाधानको प्रयास जारी रहेको बताउनुभयाे । बिरामीको मृत्युको बारेमा अस्पताल प्रशासनले वार्ताको पहल गरिरहेको भए पनि मृत*कका आफन्त भने कारबाही नहुँदासम्म आन्दोलन नरोक्ने पक्षमा देखिएका छन् ।

Related Articles

Back to top button