समाचार

दाङमा।दुई दिदी बहिनी सहित ३ को मृत्यु

हिलोको दलदलमा फसेर तीन किशोरीको मृत्यु भएको छ।घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरको पैतीखोलास्थित खेतमा हिलोको दलदलमा फसेर स्थानीय दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा स्थानीय १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्। उनीहरू खेतमा धान रोपेर घरतर्फ फर्कंदै गर्दा खेतको खाल्डोमा जमेको पानीमा हात खुट्टा धुन क्रममा खाल्डोमा डुब्न पुगेको एसपी पाण्डेले बताए।

हात खुट्टाको हिलो धुने क्रममा पहिला एक जना खाल्डोमा खसेपछि उनलाई तान्न प्रयास गर्दा एकपछि अर्को गर्दै तीनै जना हिलोको दलदलयुक्त खाल्डोमा खसेर मृत्यु भएको एसपी पाण्डेले सेतोपटीलाई बताए।यो आइतबार बेलुका सात बजेतिरको कुरा हो। खेतमा खाल्डो ठूलो पनि थिएन। हिलोयुक्त खाल्डोको दलदलमा पर्दा उनीहरू आत्तिएर तानातान गर्ने क्रममा डुबेर मृत्यु भएको भन्ने छ,’ एसपी पाण्डेले भने।तीनै जना किशोरीको उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएलगत्तै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको एसपी पाण्डेले जानकारी दिए ।

Related Articles

Back to top button