समाचार

चितवनबाट काठमाडौँ आउँदै गरेको बस खस्यो

चितवनबाट काठमाडौँ आउँदै गरेको माइक्रो बस खोलामा खस्यो पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ कैलाली । कैलालीमा धारीलो हतियार प्रयोग गरी छोराले आफ्नै बुवाको हत्या गरेका छन्

घोडाघोडीनगरपालिका-११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गर्दा ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयाे ।घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिनुभयाे ।घरायसी विवादका कारण छोराले आफ्नै बुबामाथि धारीलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button