समाचार

मन्दिर दर्शन गरेर फर्किँदै गरेको गाडी दुर्घटना २८ जना

Loading...

बर्दिबास : भारतीय तिर्थालुहरु बोकेर गुडिरहेको ना ४ च १०९९ नम्बरकाे बोलेरो जिप दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।तिर्थालुलाई टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शन गराई फर्कने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वरमा साेमबार दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रु भारतका दुई गाउँ सुरसन्ड सघारी र बखरीका बासिन्दा भएको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी महोत्तरीका प्रहरी जवान सागर दियालीका अनुसार द्रुत गतिमा गुडिरहेको जिप पूर्व–पश्चिम राजमार्गस्थित टुटेश्वर चोक नजिकै सडकबाट चिप्लिएकाे थियो ।शनिबार नेपाल आएका भारतीय तिर्थालु सिन्धुलीको मेला भरेर बर्दिबासस्थित टुटेश्वरनाथ मन्दिर दर्शन गर्न पुगेका थिए । घाइते सबैजनाको अहिले बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको उपचारमा २० जना स्वास्थ्यकर्मी खटिएका छन् ।चितवनबाट काठमाडौँ आउँदै गरेको माइक्रो बस खोलामा खस्यो पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँस्थित ट्रमासेन्टरमा पठाइएको छ कैलाली । कैलालीमा धारीलो हतियार प्रयोग गरी छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।घोडाघोडी नगरपालिका-११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गर्दा ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयाे ।घटनामा परी मृतक रावतकी श्रीमती नन्दे रावत गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशिले जानकारी दिनुभयाे ।घरायसी विवादका कारण छोराले आफ्नै बुबामाथि धारीलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...

Related Articles

Back to top button
Close
Close