समाचार

मोटरसाइ कल दुर्घटना दुईको घटनास्थलमै मृत्यु

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ । बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।पुरानागाउँको अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा५१प ६३६५ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।उनका अनुसार मोटरसाइकल सडकबाट एक सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदैै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको स्थानीयवासीको भनाइ छ । केही समयअघि पनि सोही ठाउँ नजिकै ट्र्याक्टर दुर्घटना हुँदा सात घाइते भएका थिए ।काठमाडौँ – करेन्ट लागेर पाँचथरमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा फिदिम नगरपालिका-६ मगर गाउँमा बस्ने लाल वहादुर सारुमगरका ११ वर्षीय छोरा सनम मगर रहेका छन्।बुधबार अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा मगरलाई अचानक करेन्ट लाहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ।करेन्ट लागि घाइते भएका उनलाई जिल्ला अस्पताल फिदिम पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको बुधबार सवा ६ बजे मृत्यु भएको हो। घटनास्थल पुगेको प्रहरीले कानूनी प्रकृया पूरै गरेको छ।१
नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार मृतकको शव हाल पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ।प्रकाशित : बिहिबार, बैशाख

२६, २०७६०५:३४कनकाई । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन्। स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन्।एक
महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताइन। फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ।अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको भए पनि स्वास्थ्य केन्द्रमा यसको उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी नै चुपचाप बस्नुपर्ने बाध्यता भएको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताइन्।प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नर्सिङ फाँटतर्फको इञ्चार्जका रूपमा स्टाफ नर्स सरस्वती मास्केको नेतृत्वमा अन्य पाँच अनमी सङ्गीता अधिकारी, अम्बिका मैनाली, यशोदा कटुवाल, खुश्बु शिवा र उषा सुवेदी कार्यरत हुनुहुन्छ। केन्द्रको नर्सिङ फाँटमार्फत हाल प्रसूति सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा, गर्भपतनलगायतका सेवा दिइँदै आएको बताइएको छ।सुविधासम्पन्न शहरी अस्पतालको रूपमा सञ्चालनको तयारीमा पुगेको यस स्वास्थ्य केन्द्रमा दुई वर्ष अघिदेखि नै स्वास्थ्य सेवा कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन्। जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेसँगै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सेवा अव्यवस्थित बन्दै गएको केन्द्रकै जिम्मेवार स्वास्थ्यकर्मी बताउँछन्। चार महीनाअघि मात्र स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्न आउनुभएकी डा सच्चु थापाले अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताइन्।

Related Articles

Back to top button