पहिरोले घर पुर्दा ६ को मृत्यु, ५ बेपत्ता
सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीमा ६ जनाको मृत्यु भएको छ।जिल्लाको सत्यवती गाउँपालिका ३ र ४ मा पहिरोले घर बगाउँदा ६ को मृत्यु र ५ बेपत्ता भएका हुन्।सत्यवती ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठगप्रसाद ज्ञवालीले जानकारी दिए।ज्ञवालीका अनुसार ९ जना मध्ये ४ जनाको शव फेला परेको छ भने ५ जना बेपत्ता छन्।गाउँपालिकाको वडा नम्बर
३ मा पनि पहिरो जाँदा स्थानीय ३० वर्षिय तिलकुमारी तरामु र उनका १० वर्षिय छोरा दर्शन तरामुको मृत्यु भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकाले जानकारी दिए।दुईजनाको भने सकुशल उद्दार गरिएको उनले बताए। अध्यक्ष ढकालका अनुसार पानी परिरहेकाले उद्वार कार्यमा कठिनाइ भएको छ।मङ्गलबार बिहान ४ बजे घरमा सुतीरहेको अवस्था माथिबाट पहिरो झरी तीन घरहरु बगाएर करिब ५० मिटर तल पुराएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६, १०:४९:००