समाचार

अहिले सम्मकै भयानक बस दुर्घटना १५ जनाको मृत्यु २१ जना घाइते

मेक्सिको सिटी, । मेक्सिकोको पश्चिमी नायारिट राज्यमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् ।नायारिट सरकारका प्रवक्ताका अनुसार दुर्घटनामा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । घाइतेहरुमा पनि धेरैजसो बालबालिका परेका छन् राज्यको राजधानी शहर टेपिक र पुर्टो भालार्टा जोड्ने राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ बजे भएको थियो आगुवाकालिन्टेस राज्यबाट पर्यटक लिएर आइरहेको यात्रुबाहक बस कम्पोस्टेला शहरको नजिक पहाडी भेगमा दुर्घटनाग्रस्त भएको थियो । बस दुर्घटनाको कारण भने अझै स्पष्ट हुन सकेको छैन रासस / सिन्ह्वा कोरियाको खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ l सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परि १२ जना कामदार घाइते भएको खाङ्वन आपतकालीन उद्वार केन्द्रलाई उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ lतिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ l मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् l उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ l तर उनीहरु कुन

देशका नागरिक भन्ने वारे खुलाइएको छैन lउनीहरु एउटा कृषि फारममा काम गर्न सोमबार सबेरै खाङ्वन क्षेत्रको होंगसेवन देखि सम्छेक जादै गरेका थिए l दुर्घटनामा घाइतेहरुको हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ l ujyalopost बाट साभार गरिएको ।काठमाडौं– गुल्मीको सत्यवती गाउँपालिकाको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर मृ)त्यु हुनेको संख्या १० पुगेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सत्यवती गाउँपालिकाको वडा नम्बर ४ मा ८ र ३ मा २ जनाको गरी मृत्यु हुनेको संख्या १० पुगेको हो । सत्यवती–४ भिरकुनामा स्थानीय छलि विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर पुरिएको छ । पहिरोमा घर पुरिँदा ७० वर्षीय छलि विक, ३२ वर्षीया निर्मला विक, २९ वर्षी पम्झा विक रहेकि छिन् ।त्यस्तै, १२ वर्षी अञ्जली विक, ९ वर्षीय तारा विक, ९ वर्षकी सिवानी विक, ५ वर्षीय हिमांशु विक र नाम नखुलेका १ वर्षी बालक गरी ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।यस्तै, वडा नम्बर ३ ठूलोलुम्फेमा पहिरोले घर पुरिँदा लिकुमारी तरामु र उनका छोरा दर्शन तरामुको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घर पुरिँदा मृतक तिलकुमारीकी १२ वर्षीय छोरी करिष्मा र १४ वर्षी छोरी धनी घाइते भएका छन् ।वाड नम्बर ३ कै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किँदा २ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । उनीहरुको खोज्ी भइरहेको जनाइएको छ ।

Related Articles

Back to top button