समाचार

गोठमा काम गरिरहेका बेला पहिरो खस्दा पुरिएकी सीताले संसार छाडिन् ,

गोठमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा पुरिएकी सीताले संसार छाडिन् , लैनो भैँसी सहित बाख्रा र पाडा पनि पुरिएबागलुङ – अविरल वर्षासँगै मंगलबार बिहान खसेको पहिरोमा परी गलकोट नगरपालिकामा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्यामिरेकी १७ वर्षीया सीता गौतम रहेकी छन् । प्रहरीका अनुसार आज गोठ माथिबाट खसेको पहिरोमा पुरिएर गौतमको मृत्यु भएको हो ।गौतमले गोठमा काम गरिरहेका बेला झण्डै २० मिटरमाथिबाट

एक्कासि पहिरो खसेको थियो । एक घण्टापछि गौतमको शव पहिरोबाट बाहिर निकालिएकोबताइएको छ । हिरोमा एउटा लैनो भैँसी, एउटा पाडो र दुई बाख्रासमेत पुरिएको बताइएको छ ।मृतक गौतम स्थानीय शिव माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । उनको मृत्युपछि परिवार शोकमा रहेको छ । पछिल्लो समय देशभरबाट बाढी पहिरोमा परी ९० जना भन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै आज गुल्मिमा पनि पहिरोमा परी छ जनाको मृत्यु भएको छ ।

Related Articles

Back to top button