पोखरामा अवैध गतिविधिमा संलग्न चारजना विदेशी पक्राउ
पोखरा : दुई दिनमा कास्की प्रहरीले अवैध गतिविधिमा संलग्न चारजना विदेशीलाई पक्राउ गरेको छ। बालयौन दुराचार आरोपमा अस्ट्रेलियाली नागरिक थोमस अल्फ्रेड मंगलबार पक्राउ परेका हुन्। धर्म प्रचारको अभियोगमा कोरियाली नागरिक चौ याओसाङ सोमबार पक्राउ परेका छन्।वर्किङ भिसामा बसिरहेका थोमस प्याराग्लाइडिङ पाइलट हुन्। उनी लेकसाइडको बासस्थानबाट दुई बालकसहित पक्राउ परेका थिए। थोमसले अरु बालकमाथि पनि यौन दुर्व्यवहार गरेको आशंका प्रहरीले गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेतले थोमसलाई नियन्त्रणमा लिएको हो। कोरियाली नागरिक ७३ वर्षीय चौचाहिँ क्रिस्चियन धर्म प्रचार गर्दागर्दै पक्राउ परेका हुन्। दुई जापानी नागरिक रैको सेकिया र जायरो सेकिया पनि सोमबार पक्राउ परेका थिए कोरियाको
खाङ्वन्दो क्षेत्रको गागोक -म्येओनमा १६ जना कामदार चढेको ह्युन्डाइ भ्यान दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ l सोमबार बिहान ७ बजेर ३३ मिनेट जादा भएको उक्त दुर्घटनामा परि १२ जना कामदार घाइते भएको खाङ्वन आपतकालीन उद्वार केन्द्रलाई उदृत गर्दै कोरिया हेराल्डले जनाएको छ lतिब्र गतिको भ्यान अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ l घाइते मध्ये ३ जनाको अबस्था गम्भीर रहेको छ l मृत्यु हुनेमा ६२ बर्षीय भ्यान ड्राइभर समेत छन् l उक्त भ्यानमा ७ जना बिदेशी नागरिक समेत रहेको जनाइएको छ l तर उनीहरु कुन देशका नागरिक भन्ने वारे खुलाइएको छैन lउनीहरु एउटा कृषि फारममा काम गर्न सोमबार सबेरै खाङ्वन क्षेत्रको होंगसेवन देखि सम्छेक जादै गरेका थिए l दुर्घटनामा घाइतेहरुको हाल स्थानीय ३ वटा अस्पतालमा उपचार भैरहेको बताइएको छ l ujyalopost बाट साभार गरिएको ।