समाचार

पोर्चुगल मा दुई नेपालीको अपहरण

लिस्बन । पोर्चुगलमा काम गर्ने दुई आप्रवासी नेपालीलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्चुगलको न्यायिक प्रहरीले पक्राउ गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।गत वर्ष २०१८ अक्टोबरमा एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली

कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गए पनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुलाई लागेको छ।यिक प्रहरीले पीडित नेपालीहरुको पहिचान भने सार्वजनिक गरेको छैन । पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि बिहीबार ओदिमेरा अदालतमा उपस्थित गराईँदैछ।

Related Articles

Back to top button