समाचार

चारजनाको शव भेटियो, दर्जन बढी बेपत्ता, ठूलो क्षति

बेसीसहर : लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । अरु ११ जना अझै हराइरहेका छन् ।बाढीमा परी लिवर्टी ईनर्जी पावर कम्पनीद्धारा प्रबद्र्धित २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’जलविद्युत आयोजनामा कार्यरत ३ सय कामदारमध्ये ११ जना सम्पर्कमा नै आएका छैनन् ।कामदारमध्ये चारजनाको शव भेटिएको हो । घटनापछि स्थानीयले भने १० जना भन्दा धेरैको ज्यान गएको स्थानीयले दावी गरेका छन् ।उद्दारमा
खटिएका सुरक्षाकर्मीका अनुसार मृतकको संख्या बढ्नसक्ने छ ।लमजुङमा बाढीले तीनजनाको मृत्यु, दर्जन बढी बेपत्ता, हाइड्रोपावरमा ठूलो क्षति

स्थानीय धर्मराज गुरुङका अनुसार छोटेखोलाका कुमार लामाको ट्याक्टर र चालक बगाएको छ । चालकको परिचय खुलेको छैन ।मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो चलेका कारण बाढी आएको स्थानीयले बताएका छन् । वडा नं. ६ ढोडेनी रहेको ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत आयोजनाको २ वटा लोडर, २ वटा ट्याक्टर, २ वटा कम्प्रेसर, एउटा जेनेटरलगायत सामाग्री बगाएको प्रवद्र्धक केशव रायमाझीले बताए । बाढी पसेपछि टनेलमा पसेका १७ मजदुरको भने सकुशल उद्धार गरिएको उनले बताए ।

Related Articles

Back to top button