अन्तर्राष्ट्रिय

।मलेशियन एयरर्लाइन्स मार्फत नेपाल आउदैगरेका युवकको जहाज़मै मृत्यु

काठमाडौं। बैदेशिक रोजगारीमा गएका दोलखाको जिरी नगरपालिका ८ का एक युवकको घर फर्किने क्रममा जहाज़मै मृत्यु भएको छ । जिरी ८ निगालेका ३२ बर्षीय ओंग दोर्जे शेर्पाको मलेशियाबाट नेपाल फर्किने क्रममा आज दिउसो मृत्यु भएको हो ।मलेशियन एयरर्लाइन्समार्फत नेपाल आउदै गरेकाश्रेपाको त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलमा जहाज ल्याण्ड हुनु अगाबै मृत्यु भएको बताएको छ । दुई महिना अघि एपेन्डिक्सको समस्या भएर अप्रेसन गरेका शेर्पालाई काम गर्ने कम्पनिले उपचार गराई घर फर्काएको थियो । बिहान ११.३० बजेसम्म बोल्दै गरेको शेर्पाको जहाज़भित्रै एक्कासी मृत्यु भएको हो । श्रेपा डेड वर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा मलेशिया पुगेका थिए ।काठमाडौं । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—१ घर भई मध्यपुरथिमि नगरपालिका– १

लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । प्रहरीले भक्तपुर र काठमाडौँको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले आज बिहानै उद्धार गरेको हो । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले गएराति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको कोटेश्वर प्रहरी प्रभागले जनाएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा गत आइतबार भण्डारीलाई लोकन्थलीबाट तीन जना अपरिचित व्यक्तिले जबरर्जस्ती भ्यानमा हालेर तीन दिनसम्म विभिन्न ठाउँमा घुमाइ राति बाँधेर बोरामा हालेर फ्याँकेको पाइएको हो ।कोटेश्वर प्रहरीले भण्डारीलाई अपराध अनुसन्धान महाशाखालाई बुझाएको र महाशाखाले घटनाको अनुसन्धान शुरु गर्दै अपहरणकारीको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Back to top button