समाचार

ठेकेदारलाई कारबाहीको माग स्थानीय र प्रहरीबीच झडप

ठेकेदारलाई कारबाहीको माग स्थानीय र प्रहरीबीच झडप काठमाडौं : चाबहिल-बौद्ध-जोरपाटी सडकखण्ड बिहीबार बिहानदेखि अवरुद्ध भएको छ।सडक मर्मत नभएको भन्दै स्थानीय र व्यापारीले बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका हुन्।शंख फुकेर विरोधमा उत्रिएका स्थानीय र व्यापारी सडकमा टायर बालेर अवरोध गरेका छन्।प्रदर्शनका क्रममा व्यापारी र प्रहरीबीच झडप भएको छ।आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्नपन्न भएको छ। बिहानैदेखि सडक अवरुद्ध भएपछि साँखु, मेलम्ची र गोकर्णबाट रत्नपार्क, चक्रपथ र कोटेश्वर जाने सवारी साधनलाई जोरपाटी चोकबाट फर्काइएको छ।प्रदर्शनमा उत्रिएका स्थानीयले कालोपत्रे छिटो गर,ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही, गर भन्नेजस्ता नारासहितका प्लेकार्ड बोकेका छन्।सडक मर्मम नहुँदा धूलो र हिलोले आजित भएका स्थानीय सरकार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोधमा उत्रिएका हुन्।उक्त सडकमा खण्डखण्ड बनाएर कालोपत्रे सुरु गरिएको छ।लामो समय भएसक्दा पनि सडक पिच नहुँदा स्थानीय पानी पर्दा हिलो र घाम लाग्दा धूलोबाट आजित भएका छन्।तस्बिर : उमा विष्ट / दिपेन श्रेष्ठलिस्बन । पोर्चुगलमा काम गर्ने दुई आप्रवासी नेपालीलाई अपहरण र आक्रमण गरेको अभियोगमा चार जीएनआर सैनिकहरूलाई पोर्चुगलको न्यायिक प्रहरीले पक्राउ

गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।गत वर्ष २०१८ अक्टोबरमा एन्टिन्जो, ओदिमेरा र विला नोवा डे मिलफन्टेसमा सुरक्षामा खटिएका चार जीएनआर सैनिकहरूलाई अपहरण र आक्रमण तथा दुर्व्यवहारको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो।कृषिमा काम गरिरहेका दुई नेपाली आप्रवासी र कृषि मालिकको बिचमा भएको बिबादमा जिएनआर प्रहरीले बिना कसुर शक्ति प्रदर्शन गरेको आरोप छ। नेपाली कामदार र कृषि माकिकको बिचमा बिबाद हुँदा चिनजानको आधारमा कृषि मालिकको पक्षमा वकालत गर्दै नेपाली कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन गरेकोले कारवाहीको लागि जिएनआर सैनिकहरुलाई पक्राउ गरेको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गए पनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप चारै सैनिकहरुलाई लागेको छ।यिक प्रहरीले पीडित नेपालीहरुको पहिचान भने सार्वजनिक गरेको छैन । पक्राउ गरिएका चारै जना जीएनआर सैनिकहरुलाई कारवाहीका लागि बिहीबार ओदिमेरा अदालतमा उपस्थित गराईँदैछ।

Related Articles

Back to top button