समाचार

भारतले नेपालमा बनाएको बाँध स्थानीयले भत्काइ दिए बाँध, बिहारमा भागाभाग

भारतले नेपालमा बनाएको बाँधका कारण नेपाली गाउँ डुब्न थालेपछि स्थानीयले भत्काइदिए बाँध, बिहारमा भागाभाग र डुवान, मोदीको होस् उड्यो (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् । स्थानीय रामु न्यौपानेका अनुसार बुधबार बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए ।

त्रिवेणीमा भारतीयले बनाएकोनहरका कारण नेपाली भू–भाग डुबानमा पर्दै आएको छ। त्रिवेणी हुँदै १९ किलोमिटर लामो गण्डक नहर सिचाइँका लागि भारत लगिएको छ। नहरका कारण सयौ‌ बिघा खेत र सिंगो महलवारी गाउँ नै डुबानमा परेपछि स्थानीय आक्रोशित छन्।

भारतीय नहरको डिल यहाँको खेतको सतहभन्दा निकै माथि भएका कारण वर्षेनी पानीले सहज निकास नपाउँदा हजारौँ बिघामा लगाइएको धानबाली डुबानमा पर्ने गरेको छ।बाँधका कारण सधैँ गाउँ डुबानमा पर्ने स्थानीय प्रेम चन्द्र गुप्ताले बताए। नेपाली भू–भाग डुबानमा नपार्न त्यहाँ रहेका पानीको निकासका लागि बनाइएको साइफन भारतले वर्षेनी सफा गर्नुपर्नेमा नगरेका कारण नेपाली बस्ती र खेती डुबानमा पर्ने गरेको उनले सुनाए।

Related Articles

Back to top button