समाचार

अमर सिंहको मृत्यु नेपाल–भारत सीमाना तनावग्रस्त

विराटनगर / विराटनगर महानगरपालिका–१५ रानीमा लहरीले बिहीबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि स्थानीयले प्रदर्शन सुरु गरेपछि नेपाल–भारत सीमानाको रानी क्षेत्र असान्त बनेको छ । एन एल ०१ डी ३६९० नम्बरको लहरीले बीआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार दुवै सवारी साधन भारतबाट नेपालतर्फ आउँदै थिए ।

कर्कटपाता बनाउने कच्चा पदार्थ बोकेको लहरीलाई मोटरसाइकलले ओभेरटेक गर्ने क्रममा दुर्घटना भएको उनले बताए । शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर ल्याइएको छ । दुर्घटनापछि लहरीका चालक भने फरार छन् । घटनाको विरोधमा स्थानीय बासिन्दाले भने रानी क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । यात्रुबहाक तथा मालबहाक सवारी साधन सञ्चालनमा अवरोध गर्दै स्थानीयले प्रदर्शन गरेपछि विराटनगर भन्सार कार्यालय आसपासको क्षेत्र असान्त बनेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेत्रृत्वको खटिएको प्रहरी टोलीले स्थितीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटनास्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।

Related Articles

Back to top button