अन्तर्राष्ट्रिय

पहिरोले पुरिँदा १५ को मृत्यु, ३० बेपत्ता

गुइयाङ । चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृ*त्यु भएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ । अझै ३० जना वेपत्ता रहेका छन् ।

मङ्गलबार राति ९ः२० बजे पहिरो खसेकाले २१ वटा घर डुबानमा परेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन् । उद्धार गरिएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button