भिडियो

अमेरिकी पत्रकारले काठमाडौँमा खिचेको १५ सेकेन्डको यो भिडियो विश्वभर भाईरल

अमेरिकी पत्रकारले नेपालमा खिचेको १५ सेकेन्डको यो भिडियो विश्वभर भाईरल ! के छ त त्यस्तो ? (भिडियो सहित)काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो भाइरल भैरहेको छ । जुन भिडियो एक जना विदेशी पत्रकारले नेपालमा खिचेकी हुन् ।प्लेब्वाइ र जिक्यु जस्ता चर्चित पत्रिकामा काम गरिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटनले खिचेको १५ सेकेन्डको उक्त भिडियोलाई अहिलेसम्म २ करोड ५५ लाख भन्दा बढीले हेरिसकेका छन् । पत्रकार कम्पटनले ट्विटरमा राखेको उक्त भिडियोलाई ६१ हजार भन्दा बढिले रिट्विट गरेका छन् भने १ लाख ५७ हजार भन्दा बढिले लाइक गरेका छन् ।

काठमाडौँको सोह्रखुट्टेमा खिचिएको उक्त भिडियोमा एउटा कुकुरले मालिकको हात समाएर दुई खुट्टा टेकेर बाटो काटेको देख्न सकिन्छ । उनले भिडियो खिच्दा कुकुरले चार खुट्टा नै टेकिरहेको हुन्छ । कुकुरलाई मालिकले हात दिन्छन् । कुकुर दुई खुट्टामा उभिन्छ । मालिकले हात समातेर बाटोको एक छेउबाट अर्को छेउ पुग्छन् ।ठ्याक्कै बच्चाको हात समातेर बाटो काटेको जस्तै । प्लेब्वाइ, डिपार्चस म्यागेजिन, जिक्यु म्यागेजनिमा बाइलाइन छापिसकेकी अमेरिकी पत्रकार नाताली कम्पटन अहिले काठमाडौँमा छिन् । मैले देखेको जीवनकै अनौठो १५ सेकेन्डको दृश्य लेख्दै एउटा भिडियो उनले ट्विट गरेकी छिन्।

Related Articles

Back to top button