समाचार

भक्तपुर मा घट्यो अर्को खतरनाक घटना …

काठमाडौँ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका—१ घर भई मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई बोरामा हालेर फ्याँकेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । प्रहरीले गत साउन ८ गते भक्तपुर र काठमाडौँको सिमाना मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा बिहानै उद्धार गरेको थियो । । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले ७ गते राति खोलाको किनारामा मान्छेको आवाज सुनेर हेर्न जाँदा बोराभित्र बाँधेर फ्याँकिएको अवस्थामा भण्डारीको उद्धार गरिएको बताएको थियो । नदी किनारमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएका युवकले आफै अपहरणको नाटक गरेको बताइएको छ । भक्तपुर लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारी आफैँले यस्तो नाटक गरेको पाइएको प्रहरीले जनाएको छ ।घटना यस्ताेभण्डारी चारदेखि परिवारको सम्पर्कमा थिएनन् । गत आइतबार बिहान ११ः१७ मा श्रीमतीलाई फोन गरेका उनले
बिरामी भएको र औषधि लिएर कोठातिर जाँदैछु भनेका थिए । लगत्तै उनले दाइलाई फोन गरेर आफू अपहरणमा परेको बताए । परिवारका सदस्यहरू

आत्तिएर प्रहरीलाई खबर गरे । प्रहरीको मोबाइल नम्बर लिएर कल गर्दाको लोकेसन ट्रयाक गर्‍यो । कंलकी क्षेत्रबाट फोन गरेको देखियो । प्रहरीले खोजी जारी राखेको थियो । उनकै नम्बरबाट दाइलाई एसएमएस आयो, ‘तेरो भाइलाई अपहरणमा गरेका छौं तर, मार्न चाहिँ मार्दैनौ ।’परिवारले यो सूचना प्रहरीलाई पुर्‍याए । लोकेसनबारे गलत सूचना दिनु, अपहरण गरेका छौं तर मार्न चाहिँ मार्दैनौं भनेर एसएमएस आउनुले प्रहरीले यसलाई शङ्कास्पद रुपमा हेरेको थियो । उनको फोनको लोकेसन भैरहवा देखियो ।प्रहरीले परिवारलाई खबर गर्‍यो । परिवारका सदस्यहरू होटल अशोका पुगे तर, भण्डारी भेटिएनन् । सिसिटिभी फुटेज चेक गर्दा उनी होटलमा बसेको भने देखियो ।अपहरणमा परेको चाहिँ होइन रहेछ भनेर परिवार ढुक्क भयो । बुधबार दिउँसो एकाएक कोटेश्वरस्थित मनोहरा खोला किनारमा एक व्यक्तिले गुहार माग्दै गरेको सुनियो ।स्थानीयले खबर गरेपछि प्रहरीलाई पुग्दा हात खुट्टा बाँधिएको अवस्थामा तिनै भण्डारी भेटिए । उनले आफैँले खुट्टा डोरीले बाँध्नुका साथै एउटा हातमा कसिलो गरी कसेका थिए तर, दुबै हात पूर्ण रुपमा नबाँधिएको अवस्थामा पाइएको थियो ।भण्डारीमा मानसिक समस्या देखिएकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

Related Articles

Back to top button