समाचार

कांग्रेसको कार्यक्रम मै कार्यकर्ता बीच झडप

कांग्रेसको जागरण कार्यक्रममै कार्यकर्ताबीच सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कांग्रेसको जागरण अभियानमै कार्यकर्ताबीच क्रममा कुटाकुट भएकाे छ। झडप हुँदा तरुण दलका १ कार्यकर्ता घाइते भएका छन् । सिन्धुपाल्चोकमा जागरण अभियान उद्घाटनमै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच कुटाकुट हुँदा कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भएका हुन् ।जागरण अभियान उद्घाटन सत्रको सुरुमै मन्तव्य राखेका देउवमा पक्षधर हरिशरण श्रेष्ठ र जिल्ला सचिव झलक नेपालले पार्टी जिल्ला सभापति विकास लामाले सामूहिक नेतृत्वमा अघि बढ्नुपर्नेमा एकलौटी पार्टी चलाएको आरोप लगाएका थिए ।श्रेष्ठ र नेपालपछि मञ्च पाएका जिल्ला सभापति लामाले आफूमाथि लागेका आरोपबारे प्रष्टीकरण दिएपछि दुई पक्षबीच भनाभन सुरु भएको र त्यसले झडपको रुप लिएको थियाे । झडपपछि कार्यक्रमका सहभागीबीच भागभाग मच्चिएको थियो ।काठमाडौँ – खुमलटारमा रहेको प्रचण्ड निवास नजिकै एक महिलाको बिहिबार हत्या भएको छ। प्रचण्ड निवास नजिकै रहेको ढोलाहिटी सोनाकोठी भन्ने ठाउँमा जेठाजुले बुहारीको हत्या गरेका हुन्।श्रीमानका दाजु अर्थात जेठाजुले २४ वर्षीय अन्जना महत माथि खुकुरी प्रहार गरेका थिए। प्राप्त जानकारी अनुसार अन्जनाकघटनास्थलमै मृत्यु भएको होखुकुरी प्रहार गरी हत्या गर्ने जेठाजु ३२ वर्षीय उज्ज्वल महतलाई प्रहरीले नियन्त्रणमा

लिसकेको छ। मृतकका श्रीमान प्रज्ज्वल महत समेत घटनास्थलमै छन्घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ। कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमको लागि पठाउने प्रहरीको तयारी छअन्जना माथि खुकुरी प्रहार हुनुको कारण भने खुल्न सकेको छैन। घटना भएको स्थान खुमलटारमा रहेको प्रचण्ड निवास देखि ५ मिनेट मात्र टाढा रहेको बताइएको छ।प्रकाशित : बिहिबार, बैशाख २६, २०७६०९:२५सुर्खेत/ बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।प्रवक्ता क्षेत्रीका अनुसार दङ्गालीले सोही गाउँपालिका–७ बर्राचौरस्थित कल्याण काँधदेखि नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेको अवस्थामा दिसा मुखमा कोचेकी थिइन् । उनलाई तत्काल इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिएको थियो ।दङ्गालीलाई मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीयव्यवहारसम्बन्धी कसुरमा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।पाँचथर / पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेण्ट

लागेर बुधवार १ बालकको मृत्यु भएको छ । करेण्ट लागेर सोही स्थान बस्ने लाल वहादुर सारुमगरको छोरा वर्ष ११ को सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा विजुलीको पोलमा चढ्दा अचानक करेण्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।काठमाडौँ – भोजपुरमा गुप्तेश्वर महादेव मूर्ति भेटिएको छ। सडक खन्ने क्रममा भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा गुप्तेश्वर महादेवको मूर्ति भेटिएको होस्थानीयहरुका अनुसार उक्त क्षेत्रमा रहेको देवस्थल पहिरोले पुरिएको थियो। तर बिहिबार सडक खन्ने क्रममा गुप्तेश्वर महादेव मूर्ति पुन:फेला परेको हो।सडक खन्ने क्रममा भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा भेटिएको गुप्तेश्वर महादेवको मूर्ति । परापूर्व कालमा यहाँको देवस्थल पहिरोले पुरिएको र अहिले सडक खन्ने क्रममा फेला परेको स्थानीय पुजारी बताउँछन् । तस्वीरः युवराज विष्ट, रासस, भोजपुरस्थानीयहरुको धार्मिक आस्थाको धरोहरको रुपमा रहेको उक्त मूर्ति फेलाहरु पछि स्थानीयहरु मख्ख छन्। परापूर्व काल देखि त्यहाँ देवस्थल रहिआएको स्थानीय पुजारी बताउँछन्।

Related Articles

Back to top button