समाचार

भोली नेपाल बन्दको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामाको गिरप्तारी विरुद्ध यहि साउन १५ गते बाग्मती, नारायणी र जनकपुर (रामेछाप र दोलखा) बन्द गर्ने विज्ञप्तिमा जनाएको छ।नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह ‘प्रवक्ता’ प्रकाण्डद्वारा जारी विज्ञप्तिमा शनिबार विज्ञप्ति निकाली उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको
थियो।विज्ञप्तिमा भनिएको छ, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा

सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ। यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन। त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो। ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ।’

Related Articles

Back to top button