समाचार

बेपत्ता बालिका ५० घण्टापछि सुरक्षित भेटिइन्

ताप्लेजुङ : ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनाममा गत साउन १२ गते दिउँसोबाट हराइरहेकी दुई वर्षीया बालिका करिव ५० घण्टापछि सुरक्षित भेटिएकी छिन्।

आइतबार अपराह्न साढे ३ बजे घरैबाट हराइरहेकी सुङनिमा इवाराम लिम्बू सोमबार साँझ घरभन्दा एक किलोमिटर माथिको खरवारीमा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाले जानकारी दिए।

डिएसपी थापाको नेतृत्वमा खटिएको टोलीले खरवारीमा सुरक्षित अवस्थामा बालिकालाई फेला पारेको हो। ‘प्रहरी, सशस्त्र र स्थानीयसहितको टोलीले ५० घण्टापछि बालिका फेला पारी परिवारलाई जिम्मा लगाएका छौँ। बालिकाको स्वास्थ्य अवस्था सामान्य छ’ डिएसपी थापाले भने, ‘बालिका कसरी त्यहाँसम्म पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

अभिभावक खेतीको काममा गएका बेला हजुरबुवासँग घरमा बसेकी बालिका बेपत्ता भएकी थिइन्।

Related Articles

Back to top button