समाचार

काठमाडौँ मा गोली चल्यो

।काठमाडौँ, १४ साउन । काठमाडौँको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।गएराति ९ बजेतिर शर्माको घरलाई लक्षित गरि गोली प्रहार भएको थियो । गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो ।यद्यी, प्रहरीले खनालले नै गाेली चलाएको भने दाबी गरेको छैन । लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको

जनाएको छ ।यो पनि पढ्नुहोस् :काठमाडौँ, १४ साउन । काठमाडौँको कलंकीमा गोली चलेको छ । काेठाभित्र बसेर बढिरेहकी युवतीमाथि लक्षित गरि गोली प्रहार भएको हो ।गएराति कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो ।शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली उनको काेठमा छिरेको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एयरगनको गोली होकि जस्तो देखिएको बताए । गोली परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

Related Articles

Back to top button