समाचार

विप्लव को बन्द गाडीमा आगजनी..

विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए।यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ । रासस

काठमाडौँ, १४ साउन । काठमाडौँको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली हानेको आरोपमा प्रहरीले सडक डिभिजन कार्यालयका पूर्वइन्जिनियर शुभाकर खनाललाई नियन्त्रणमा लिएको छ ।प्रहरीले खनाललाई आज दिउँसो नियन्त्रणमा लिएको हो । प्रहरीले शुभाकरको घरबाट दुई थान हतियार र ५० राउन्ड गोलीसमेत बरामद गरेको छ । यी हतियार लाइसेन्सप्राप्त हतियार भएको प्रहरीले जनाएको छ ।गएराति ९ बजेतिर शर्माको घरलाई लक्षित गरि गोली प्रहार भएको थियो । गोली शर्माकी छोरी पढिरहेको तेस्रो तलामा रहेको कोठाको झ्यालबाट भित्र झरेको थियो । गोलीबाट कुनै मानवीय क्षती भने भएको छैन ।गएराति नै ११ बजे प्रहरीले खनालको घरमा खानतलासी गर्न खोज्दा ढोका नखुलेका कारण आज बिहान खानतलास गरेको हो ।यद्यी, प्रहरीले खनालले नै गाेली चलाएको भने दाबी गरेको छैन । लाइसेन्स प्राप्त हतियारबाट गोली चलेको जस्तो देखिएका कारण उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Related Articles

Back to top button