समाचार

विप्लवको बन्द दाजु-बहिनीको ज्यान गयो

मनोज साह
रौतहट, १५ साउन । ईट्टा उद्याेगमा जमेको पानीमा डुबेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. ९ डुमरिया बस्ने ११ वर्षीय अनिस साह र ८ वर्षीय कल्पना साहको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुईजना दाजुबहिनी रहेको स्थानीयले बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ४ का संजय साहका छोरा-छोरीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ईट्टा उद्याेगले बनाएको खाल्डोमा जमेको पानीमा खेल्न गएका दाजुबहिनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समुहको बन्दको कारण शैक्षिक संस्था नखुलेपछि बालबालिका खेल्न गएका

थिए । खेल्ने क्रममा खाल्डाेकाे पानीमा डुबेर उनीहरूकाे मृत्यु भएको स्थानीयले बताएका छन् ।घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको ईलाका प्रहरी
कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । मृतक दुवैको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । यसअघि चन्द्रपुर नगरपालिका वडा नं. ६ बेल्डीका ९ वर्षीय विराज पहरीको पनि नहरको पानीमा डुबेर मृत्यु भएको थियो । पानी जमेका खाल्डाखुल्डीमा बालबालिकालाई नपठाउन तथा पौडी खेल्दा निगरानीमा राख्न जिल्ला प्रहरी कार्यालय रौतहटले अभिभावकसँग आग्रह गरेको छ ।अहिले पनि धेरै स्थान र सडक छेउका खाल्डाखुल्डीमा पानी जमेको, र ठुला तथा साना नदीहरुमा पानीको सतह बढेको अवस्था रहेकाले आफ्ना बालबालिकाहरुलाई विशेष ख्याल गर्न सुझाव दिइएको छ ।

Related Articles

Back to top button