समाचार

कन्टेनर त्रिशूली नदी मा खस्यो यस्तो छ अवस्था

चितवन — नारायणगढ मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ जलबिरेमा बुधबार दिउँसो सवा ४ बजे कन्टेनर त्रिशूली नदीमा खसेको छ । चितवन प्रहरीका अनुसार कन्टेनर चालक नदीमा बेपत्ता भएका छन् ।भरतपुरबाट मुग्लिन जाँदै गरेको का २१ च ११३३ नम्बरको कारसँग मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ७ख ३९३९ नम्बरको खाली कन्टेनर ठोक्किएको थियो । ठक्करपछि कन्टेनर सडकदेखि ७०/८० मिटर तल त्रिशूलीमा खसेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार पर्सा बिरगञ्जका कन्टेनर चालक ३६ वर्षका कम्लेस साह बेपत्ता छन् । कन्टेनरका चालक वीरगञ्जकै २० वर्षका अजय साह गम्भीर घाइते छन् । उनको भरतपुरको पुरानो

मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।वेपत्ता चालकको खोजी भइरहेको डिएसपी कोइरालाले बताए । कारमा सवार भने सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।प्रकाशित : श्रावण १५, २०७६ १८:४०कावासोती ।पुर्व पश्चिम राजमार्गको पुर्वि नवलपरासीको कावासोती – १६ डण्डामा सवारी दुर्घटना हुदा १ को मृत्यु भएको छ ।पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक कावासोती नगरपालिका वडा नं. १५ गोडार निवासी अन्दिाजी बर्ष ६०–६५का राम प्रसाद अधिकारीको धटना स्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।ना २७ प ३६०० नम्वरको मोटरसाईकलका अधिकारी दुई मोटरसाईकल एक आपसमा जुध्दा पल्टिन पुगेका थिए

Related Articles

Back to top button