समाचार

काठमाण्डौ मा छिमेकी इन्जिनियर ले गोली हाने

काठमाडौं, १५ साउन । काठमाडौंको कलंकीमा शनिवार राति अचानक उपसचिव विष्णुप्रसाद शर्माको घरमा गो*ली चल्यो । गो*लीले कुनै मानविय क्षति नभएपनि उनको घरको सिसा फुटेको छ । छोरीले पढेर बसेको कोठामा नै गो*ली चलेपछि उनी आत्तिएर परिवारका सदस्यलाई बोलाएन गएकी थिइन् । प्रहरीले सचिवको छोरी माथि गो*ली चलाइएको घटनामा उनकै छिमेकीमाथि प्रहरी अनुसन्धानको सुई तेर्सिएको छ ।

शर्माका छिमेकी इन्जिनियर शुभांकर खनाललाई प्रहरीले पक्रा*उ गरेर अनुसन्धान सुरु गरेको छ । उनलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले सोधपुछका लागि निय*न्त्रणमा लिएको हो । यद्यपि सोधपुछका लागि खनाललाई कार्यालयमा ल्याइएको अप*राध महाशाखाले जनाएको छ । खनालको साथबाट घटनामा प्रयोग भएकै साइजका ५० राउण्ड गो*ली र दुई थान इजाजतप्राप्त हति*यार समेत बरामद गरेपछि प्रहरीको शंका उनी प्रति बढेको हो ।

तर, खनालले गो*ली चलाएको हो वा होइन भन्ने पुष्टि गर्न वैज्ञानिक परीक्षण गर्नुपर्ने महाशाखाका एसपी केदार ढकालले जानकारी दिए । ढकालका अनुसार सामाखुसीस्थित प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षणपछि मात्र घटनामा खनालको संलग्नता भए/नभएको पुष्टि हुन्छ ।

Related Articles

Back to top button