समाचार

निर्मला को हत्यारा पक्राउ

काठमाडौं : भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। धनुषाको शहिद नगरपालिका-१ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए।घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो। जनकपुर अञ्चल अस्पतालमा निर्मलाको उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको थियो। उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो।विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको र बिहेपछि पनि उनीहरू छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए। निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए।एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन्। निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए।राजधानीको पानीमा कोलिफर्मकाठमाडौं : हैजा संक्रमण भएका बिरामीको घरबाट संकलन गरिएको पानीमा कोलिफर्म भेटिएको छ। काठमाडौं महानगरपालिका–१३ मा संक्रमित बिरामीको घरबाट ल्याइएको तीनवटा पानीको नमूना परीक्षण गर्दा कोलिफर्म पाइएको हो। पानीको नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार, पिउने पानीमा कोलिफर्म देखिनु स्वास्थ्यका लागि हानीकारक हो। कोलिफर्म मानवमलमूत्र, घाँसपात एवं अन्य वातावरणमा रहेका हुन्छन्। पिउने पानीमा भिब्रियो कलेराका जीवाणु पाइए मात्र हैजा भएको पुष्टि हुने डा.पाण्डेले बताए।४५ वर्षीया ती बिरामीको घरका विभिन्न तीनवटा स्रोतको पानी संकलन गरी परीक्षण गरिएको थियो। हैजाको जीवाणु भने नपाइएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। राजधानी काठमाडौँमा युवतीहरूको

नयाँ धन्दा, थाहा पाउँदा प्रहरी नै परे चकित …काठमाडौं । सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर
पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनीहरूबाट नक्कली पेस्तोल र हत्कडीलगायत सामान बरामद भएको छ । घटनाको अनुसन्धान भइरहेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् ।विगतमा पनि जेल परेर छुटेका शुक्रे लामा नेतृत्वको गिरोहलाई सिआइबीले पक्राउ गरेको हो । उनीहरूले विभिन्न व्यापारीलाई पक्राउ गरी कुटपिटका साथै थुनामा राखेर पैसा असुल्दै आएका थिए । सञ्चार सेट र पेस्तोलसमेत बोक्ने र आफूहरू सादा पोसाकका प्रहरी भएको भन्दै उनीहरूले यस्तो धन्दा चलाउँदै आएका थिए । एक घर भाडामा लिएर त्यो सिआइबीको सेफहाउस भएको भन्दै त्यसमा थुनामा राखेर पैसा असुलेको प्रहरीले जनाएको छ । गिरोहका नाइके शुक्रे भने फरार छन् । उनका सहयोगी सरु श्रेष्ठलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।नाटकीय शैलीमा ठेकेदारको अपहरण सो समूहका दुईजना गत माघमै पक्राउ परिसकेका छन् । हाल पक्राउ परेकी तिनै युवती सरुमार्फत उनीहरूले गत ४ पुसमा सिन्धुलीका ठेकेदार रमेश कुँवरलाई अपहरण गरी लुटपाट गरेका थिए । आफूलाई जागिर लगाइदिन भन्दै युवतीले महाराजगन्जको इन्द्रेणी फुड क्याफेमा भेट्न बोलाएकी थिइन् । भेटपछि युवतीले चिया खान आफ्नो डेरामा जाने भन्दै नजिकको गणेशबस्तीको घरमा पु-याइन् ।फ्ल्याटमा

पुगेको केही समयमै आफू युवतीको दाइ बताउने एक युवक आएर आफ्नो बहिनीलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीलाई खबर गरेको भन्दै आफ्नै गिरोहका व्यक्तिलाई बोलाएका थिए । दुई व्यक्ति आफूहरू प्रहरी भन्दै पेस्तोल र सञ्चारसेट बोकेर पक्राउ गरेको नाटक गरी
कुटपिट गरेका थिए । पैसा दिए छाडिदिने भन्दै उनीहरूले डिल सुरु गरेका थिए । जसअनुसार कुँवरसँग भएको ५० हजार नगद र सुनका गहना लिएर ११ लाख रुपैयाँ चेक दिन लगाएका थिए । त्यहाँबाट अन्यत्र लैजान खोज्दा कुँवर गौशालाबाट भागेका थिए । त्यसरी उनलाई अपहरण गर्ने कुमानन्द खड्का र नवीन राईलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको थियो । उनीहरू दुवैजना हाल जेलमा छन् । त्यसवेलादेखि नै शुक्रे र सरुलगायत व्यक्ति फरार थिए । फरार भएकै वेला उनीहरूले धेरै व्यक्तिलाई त्यही शैलीमा युवती लगाई अपहरण गरी बलात्कार मुद्दामा फसाउने भनेर नक्कली प्रहरी कार्यालयसमेत खडा गरी पैसा लिँदै आएको खुलेको हो । सो गिरोहबाट सरकारी कर्मचारीसमेत पीडित भइसकेका छन् । युवतीमार्फत चिनजान, कुरा नमिलेपछि पक्राउ प्रहरीका अनुसार सुरुमा ठेकेदार तथा कर्मचारीहरूलाई सरु नामक युवतीले विभिन्न स्थानमा भेट्न बोलाउँथिन् । उनले थप कुरा गर्न फ्ल्याटमा लिएर जान्थिन् । शारीरिक सम्बन्ध राख्नसमेत उनले नै उक्साउँथिन् । त्यही बीचमा केही व्यक्ति युवतीको आफन्त बनेर फ्ल्याटमा पुग्थे । आफ्नो मान्छेलाई बलात्कार गरेको भन्दै सिआइबीलाई खबर गरेको नाटक गर्थिन् । तत्कालै पेस्तोल र हत्कडी बोेकेका व्यक्तिहरू त्यहाँ पुगेर ती व्यक्तिलाई पक्राउ गर्थे । पक्राउ गरी एक गोप्य घरमा हत्कडी लगाएर लैजान्थे । उक्त घर सिआइबीको सेफहाउस भएको भन्दै रातभरि थुनामा राखेर ब्ल्याकमेलिङ गरी पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button