समाचार

नेपाली सेनासंग मिल्दो कपडा लगाउन साथै बिक्रीमा रोक

काठमाडौं । सरकारले नागरिकहरुलाई नेपाली सेनासंग मिल्दो कपडा लगाउन साथै बिक्रीमा रोक गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले यसमा रोक लगाएको हो ।आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक

पोशाकको प्रयोगमा निषेध गर्न लागेको खबर आजको नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।बाजुरा – बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ । पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।

Related Articles

Back to top button