समाचार

कारागार मा बन्दीहरु बीच झडप,

काठमाण्डौ – ललितपुरको नख्खु कारागारमा बन्दीहरुबीच कुटाकुट हुँदा एक जनाकाे ज्यान गएकाे छ ।कारागारको भुइँमा बिच्छ्याइएको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राजी गम्भीर घाइते भएको ललितपुर प्रहरी परिसर, जावलाखेलले जानकारी दिएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भोगिरहेका पवनकुमार महतोले ब्लकले प्रहार गरेकाले पूर्णबहादुर गम्भीर घाइते भएको वीर अस्पतालमा पुर्‍याइएका उनकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।विवादको कारण नखुलेको भए पनि अनुसन्धान भइरहेको जावलाखेल प्रहरी कार्यालयले जानकारी दिएको छ । काठमाडौं । सरकारले नागरिकहरुलाई नेपाली सेनासंग मिल्दो कपडा लगाउन साथै बिक्रीमा रोक गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले यसमा रोक लगाएको हो ।आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर बिष्फोटन गराउने, प्रहरीमाथि आक्रमण गर्ने जस्ता गतिबिधि गरेपछि सरकारले सैनिक पोशाकको प्रयोगमा निषेध गर्न लागेको खबर आजको नेपाल समाचार पत्र
दैनिकले लेखेको छ ।बाजुरा – बाजुराको गौमुल गाउँपालिका –६ शान्ति टोलमा बिहीबार राति पहिरोले घर पुरिँदा एकै घरका २ जनाको ज्यान गएको छ ।

पहिरोमा परेर अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोमा परेर ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिताको ज्यान गएको हो । अन्य ५जना घाइते मध्ये निरुताका ससुरा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएको र अन्य ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको र घाइतेको उद्धार गरी जिल्ला अस्पताल ल्याउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो ।एजेन्सी। उडिरहेको विमानबाट खसेर माडागास्करमा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ । एलाना कटल्याण्ड नामकी १९ वर्षकी ती छात्रा एक महिनाअघि मडागास्करमा इन्टर्नका लागि गएकी थिइन् । द गार्डियनको समाचारमा उल्लेख भएअनुसार उनी सेस्ना स्टाइल सानो विमानबाट खसेकी हुन् । विमान सभानामाथि उडिरहेको बेला उनी खसेकी हुन् ।उनी अनुसन्धानका लागि गएकी थिइन् । उनको परिवारले उनलाई प्रतिभाशाली विद्यार्थी भनेको छ । परिवारले एक वक्तव्य प्रकाशित गर्दै उनी संसारका रहस्यहरु खोज्न उत्सुक भएको उल्लेख गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयको रोबिन्सन कलेजका तर्फबाट डा. डेभिड उडम्यानले पनि एक वक्तव्य प्रकाशित गर्दै उनीप्रति श्रद्धाञ्जली दिएका छन्

Related Articles

Back to top button