समाचार

सेनाका अधिकृतले जिते खसी

नुवाकोट : नेपाली सेना अधिकृत आधार तालिम समूह र सैन्य आधार तालिम समूहबीच नुवाकोटमा भएको मैत्रीपूर्ण फुटबलमा अधिकृत समूह विजयी भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा नेपाली सेना अधिकृत आधार तालिम समूहले र सैन्य आधार तालिम समूहलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको हो।नं १ तालिम गण त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण फुटवल खेलमा अधिकृत समूह एक गोल अन्तरले विजयी भएको हो।अधिकृत समूहका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेका हुन्।आयोजक तालिम गण त्रिशूलीका गणपति खेमराज शर्माले अधिकृत समूह र तालिमरत खेलाडीबीच पहिलो पटक खुल्ला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए।विजयी सेनाको अधिकृत टोलीलाई ४०/४० किलोग्रामका दुई खसी प्रदान गरिएको श्री नं १ तालिम गणले जनाएको छ।टाँडी तनावग्रस्त ! : प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास

फायर (बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छभीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् ।यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ । आत्महत्या गर्ने कोसिस गर्ने व्यक्तिको नाम र ठेगाना प्रहरीको अनुसार फरक छ । उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार आत्महत्या गर्न खोज्ने कालिका नगरपालिका–१ सुर्यपुर घर भएका समिर घिसिङ रहेका छन् । यस विषयमा इलाका प्रहरी कार्यालयका डीएसपी दयानिधि ज्ञवालीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । रातोपटीबाट

Related Articles

Back to top button