अन्तर्राष्ट्रिय

भर्खरै गयो ६.३ रेक्टर स्केलको शक्तिाशालि भूकम्प

भर्खरै गयो जापानमा ६.३ रेक्टर स्केलको शक्तिाशालि भूकम्पNजापान ।शुक्रबार बिहान जापानको दक्षिण पश्चिम क्षेत्रमा ६.३ रेक्टर स्केलको शक्तिाशालि भूकम्प गएको छ ।जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार शुक्रवार विहान पश्चिमी जापानको क्युस्यु क्षेत्रमा ६।३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्प स्थानिय समय अनुसार बिहान ८ बजेर ४८ मिनेटमा गएको हो । भूकम्पको असर दक्षिण कोरियाको तटिय क्षेत्रसम्म परेको छ ।भूकम्पको केन्द्रविन्दु मियाजाकी प्रान्तको समुन्द्रि किनाराको २० किलोमीटर गहिराइमा मापन गरिएको छ । तर अमेरि की भौगोलिक सर्वेक्षण विभागले भने भूकम्पको परिमाण ६।४ रेक्टर स्केल मापन गरिएको छ ।जापानी मौसम विज्ञान विभागका अनुसार भूकम्पको पश्चिमी जापानको मियाजाकी, कुमामोटो, कागोशिमा र वरपरको क्षेत्रमा ठूलो धक्का महशुस गरिएको छ ।भूकम्पको कम्पन ५ मिनेट सम्म रहेको समाचारमा जनाईएको छ ।विश्वमै धेरै भूकम्प आउने देश मध्येमा पर्ने जापानमा हरेक दिन कुनैन कुनै स्थानमा सानाखाले भूकम्पहरु
गईरहन्छन् ।भूकम्पको कम्पन न्यूनतम ५ रेक्टर मापन गरिएको मौसम सम्वन्धि जानकारी हेर्ने मेटोरोलोजिकल एजेन्सीले आफ्नो वेवसाईटमा
उल्लेख गरेको छ ।तर यहाँको मौसम सम्वन्धी मेटोरोलोजि कल एजेन्सीले भने सुनामीको कुनै खतरा नभएको बताएको छ । टेलिभिजनमा

प्रकाशित समाचार बिहान ८ बजेर ४८ मिनेटमा गएको भूकम्पपछि कुनैपनि क्षतिको विवरण आएको छैन ।नुवाकोट : नेपाली सेना अधिकृत आधार तालिम समूह र सैन्य आधार तालिम समूहबीच नुवाकोटमा भएको मैत्रीपूर्ण फुटबलमा अधिकृत समूह विजयी भएको छ। नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको मैत्रीपुर्ण खेलमा नेपाली सेना अधिकृत आधार तालिम समूहले र सैन्य आधार तालिम समूहलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको हो।नं १ तालिम गण त्रिशूलीको आयोजनामा भएको मैत्रीपूर्ण फुटवल खेलमा अधिकृत समूह एक गोल अन्तरले विजयी भएको हो।अधिकृत समूहका सन्दीप ढुङ्गानाले २ र दीपेश शाहीले एक गोल गरेका हुन्।आयोजक तालिम गण त्रिशूलीका गणपति खेमराज शर्माले अधिकृत समूह र तालिमरत खेलाडीबीच पहिलो पटक खुल्ला मैदानमा आयोजना गरिएको प्रतियोगिताले नागरिक–नेपाली सेनाबीच सौहार्दपूण सम्बन्ध स्थापित गर्न सहयोग पुगेको बताए।विजयी सेनाको अधिकृत टोलीलाई ४०/४० किलोग्रामका दुई खसी प्रदान गरिएको श्री नं १ तालिम गणले जनाएको छ।टाँडी तनावग्रस्त ! : प्रहरी चौकीमा ढुंगामुढा, प्रहरीद्वारा अश्रुग्यास फायर (भिडियो सहित)बिहीबार साँझ इलाका

प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो ।
प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छभीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् ।यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ । आत्महत्या गर्ने कोसिस गर्ने व्यक्तिको नाम र ठेगाना प्रहरीको अनुसार फरक छ । उनको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीको अनुसार आत्महत्या गर्न खोज्ने कालिका नगरपालिका–१ सुर्यपुर घर भएका समिर घिसिङ रहेका छन् । यस विषयमा इलाका प्रहरी कार्यालयका डीएसपी दयानिधि ज्ञवालीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन् । रातोपटीबाट

Related Articles

Back to top button