समाचार
नारायणगढ जाँदै गरेको बस दुर्घटना
दाङ । दाङ तुलसीपुरदेखि नारायणगढ जाँदै गरेको बस घोराही १० गुज्रे खोलामा दुर्घटना भएको छ । करिब १७ जना यात्रु बोकेर हिडेको ना ६ ख ६४३१ नम्बरको बस आज दिउँसो पौने १ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परि आधा दर्जन यात्रु घाइते भएका छन । घाइतेहरु लाई अहिले घोराही र तुलसीपुरका अस्पतालमा लगिएको छ । तिब्र गतिमा ओभरट्याग गर्न खोज्दा गाडी दुर्घटना भएको यात्रुले बताएका छन् ।
गाडी चालक फरार भएको प्रहरीले जनाएको छ । बस सडकदेखि १० मिटर तल खेतमाा खसेको छ ।