समाचार

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहकोआयो । यस्तो दुखद खबर।

काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह हिजो उपचारका लागि अस्पताल पुगेका थिए । चिकित्सकको सल्लाह बमोजिम नेता सिंह मेडिसिटी अस्पताल भर्ना भएको उनका सहयोगी युपी लामिछानेले जानकारी दिएका छन् ।स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए ।हिजो सोमबार ज्वरो नघटेपछि उहाँ अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले जानकारी दिए ।काठमाडौं, २२ साउन । काठमाडौंको कमलपोखरीको चोकमा एउटा सुजुकी जीप (ट्याक्सी) दुर्घटना

भएको छ ।बुधबार बिहान ५ बजे सुजुकी मारुती अल्टो गाडी दुर्घटनामा परेको अवस्थामा देखिएको प्रत्यक्षदर्शीले बताए ।गाडीको नम्बर प्लेट छैन । अगाडि र पछाडि रहेका दुबै नम्बर प्लेट निकालिएको अवस्थामा रहेको गाडी मेलम्ची खानेपानी आयोजनाले बनाएको पोलमा ठोक्किएर दुर्घटना परेको देखिएको छ ।प्रत्यक्षदर्शीका अनुसार जीपको अगाडिको भाग पूर्णरुपमा क्षतविक्षत अवस्थामा रहेको छ । दुर्घटनामा चालकको अवस्था कस्तो छ वा गाडीमा कति जना थिए केही खुल्न सकेको छैन ।सुजुकी गाडीबाट नम्बर प्लेट किन निकालिएको हो खुल्न सकेको छैन । महानगरीय ट्राफिक प्रहरी रामशाहपथले दुर्घटनाका बारेमा बिहान साढे ६ बजेसम्म जानकारी नआएको जनाएको छ ।दुर्घटनामा परेको यो गाडी ट्याक्सी भएको हुन सक्ने प्रत्यक्षदर्शीहरूले बताएका छन् । गाडीको पछाडिको भागमा सिसामा ‘सारथी’ लेखिएको स्टिकर टाँसिएको छ ।ट्याक्सीहरू पछिल्लो समय ‘सारथी’मा दर्ता भएर चल्ने गरेका छन् ।

Related Articles

Back to top button