प्रहरी र विप्लव समूहका कार्यकर्ता बीच गोली हानाहान ! प्रहरी जवान
विप्लवका नेता पक्राउ गर्न गोली प्रहार रुकुम पश्चिम, रु७ वैशाख । रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ।चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।शर्माले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी जवान घाइते भएका पनि खड्काले जानकारी दिए ।साइप्रसमा नेपाली युवातिकी हत्या युरोपेली संघ आवद्ध मुलुक साइप्रसमा नेपाली युवतीकोे हत्या भएको छ। एक सिरियल किलरले ७ जना आप्रवासी महिलाको हत्या गरेको थियो। मृतक मध्ये एक नेपाली चेली अस्मिता खड्का विष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार रोयटर्सले जनाएअनुसार साइप्रस सेनाका एकजना बहालवाला कप्तानले आप्रवासी कामदार महिला र तिनका छोरीलाई श्रृङ्खलावद्ध रुपमा हत्या गरेका हुन्। सेनाका ३५ वर्षे ती कप्तानलाई प्रहरीले हिरासतमा लिएको छ।प्रहरीसँगको बयानमा उनले आपराध कबुल गरेका छन्। उनकै बयानका आधारमा विभिन्न स्थानबाट हत्या गरिएका ५ जनाको शव
साइप्रस प्रहरीले बरामद गरेको छ। शवहरु राजधानी निकोसिया नजिकै रहेको तामा खानीको दुषित पानी जम्मा हुने पोखरीमा फेला परेका हुन्। स्थानीय प्रहरीलाई उद्धृत बीबीसीले जनाएअनुसार सैनिक सुटिङ रेन्जमा भेटिएको शव नेपाली अस्मिता खड्का विष्टको हो। अस्मितामा २०१८ जुलाइ १८ देखि हराइरहेकी थिइन्। उनको खोजीका लागि महिला अधिकारवादी समूहले माग गर्दै आइरहेको थिए। साइप्रसमा सयौंका संख्यामा
नेपाली महिला घरेलु कामदार छन्। मारिने अन्यमा फिलिपिन्स र रोमानियाका महिला तथा उनीहरुका सन्तान छन्।डेटिङ साइटबाट महिला पञ्जामा : अपराधिक मानसिकता ती सैनिक कप्तानले डेटिङ वेबसाइट प्रयोग गरी महिलालाई पञ्जामा पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आप्रवासी महिलाहरु डेटिङ साइटबाटै उनको सम्पर्कमा पुगेको प्रहरीले उल्लेख गरेको छ।७ जना आप्रवासीको हत्याको विषय सार्वजनिक भएसँगै साइप्रसमा आप्रवासी कामदारको अवस्थाबारे बहस सुरु भएको छ। मृतकको सम्झनामा स्थानीय बासिन्दा र आप्रवासी कामदारहरुले राष्ट्रपति भवन अगाडि कार्यक्रम आयोजना गरेका छन्।आप्रवासी महिला कामदार बेपत्ताको विषयमा गम्भीरतापूर्वक छानबिन नभएको भन्दै आलोचना भएपछि राष्ट्रपतिले प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन्। यही विवादका कारण कानुनमन्त्रीले पदबाट राजिनामा दिएका छन्। नेपाल खबर बाट १३ वर्षीया बालिकालाई मन्दिरमा लगेर सिन्दुर पोते लगाउने पक्राउपाँचथर-१३ वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।सोही आधारमा तामाङलाई पक्राउ गरिएको पौडेलले बताए ।तामाङलाई पक्राउ गरी बाल विवाह मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको छ ।-देश सन्चार