समाचार

जहाज उडाउँदा उडाउँदै निदाउने नेपाल एयरलाइन्सका पाइलट निलम्बित

काठमाडाैँ, २७ बैशाख । नेपाल एयरलाइन्सका प्रशिक्षक पाइलट (आइपी) नागराज शंकरमूर्तिलाई जहाज उडानमा प्रतिबन्ध लगाइएको छ।एयरबस ३२० का आइपी पाइलट नागराजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। जहाज उडानमा प्रतिबन्ध लागेसँगै पाइलट नागराज बिदामा बसेका छन्। उनी भारतीय नागरिक हुन्।ककपिटमै निदाएको नागराजको फोटो सार्वजनिक भएपछि प्राधिकरणले जहाज उडानमा प्रतिबन्ध लगाएको हो। पाइलट नागराजलाई ग्राउन्डेड गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमसँग अध्ययन गरी रिपोर्ट बुझाउनसमेत निर्देशन दिएको छ।चालक दलका सदस्यसहित १६५ जनाको जिम्मा लिएर काठमाडौं–दुबई जहाज उडाएका नागराज को-पाइलटलाई जहाजको कमान्ड दिएर ककपिटमै सुतेका थिए।मलेसिया । मलेसियामा ३ सय नेपालीसहित हजारौं श्रमिकहरू हड्तालमा उत्रेका छन् । मलेसियाको कापर सेलेङग्ररमा रहेको स्मार्ट ग्लोब करपोरेसन कम्पनीमा कार्यरत श्रमिकहरू तलब नपाएपछि हड्तालमा उत्रेका हुन् । उनीहरूले गएको महिनादेखि तलब नपाएको बताएका छन् । त्यस्तै उनीहरु मध्ये धेरैको भिसा सकिसकेको छ । म्याद सकिसकेको भिसा रिन्यु कम्पनीले नगरिदिंदा आफूहरू समस्यामा परेको पीडितहरूले बताएका छन् ।रोकिएको तलव पाउनु पर्ने र भिसा तुरुन्त नवीकरण गर्नुपर्ने माग राख्दै शुक्रबार बिहानदेखि नै कम्पनी बन्द गरेर हड्तालमा उत्रिएको त्यहाँ कार्यरत एक नेपालीले डिसी नेपालसँगको कुराकानीमा बताए ।कम्पनीमा नेपालीसँगै बंगालादेश, इन्डोनोसियन लगायत अन्य देशका हजारौं कामदार कार्यरत छन् ।अहिले कम्पनीको प्रशासन पक्षले श्रमिकहरूसँग वार्ताको लागि प्रयास गरिरहेको छ । काठमाडौँ : मागी विवाह गरेको पर्सिपल्टै युवकले श्रीमती छोडेर प्रेमिकासँग भागेपछि स्थिति तनावपूर्ण बनेको छ ।

सप्तरीको कृष्णसवरण गाउँपालिका–५ खङ्ग घर भएका राजु खंग (खत्वे)ले विहे गरेको दुईदिन पनि बित्न नपाउदै सोहि स्थानकी युवतीसँग
फरार भएपछि स्थानीयमाथि कुटपिट भएको हो दालत जातको युवकले उच्च जातिकी छोरी भगाएको भन्दै स्थानीय वडाअध्यक्ष श्रीप्रसाद यादव सहितले युवकका छिमेकीलाई निर्घात कुटपिट गरेका हुन् ।गत वैशाख १३ गते मागी विवाह गरेका राजु २ दिन पछि घरबाट फरार भएको र युवती समेत गाउँमा नभेटिएपछि वडा अध्यक्ष यादव सहितले युवकका घर परिवारका सदस्य लगाएत अन्य गाउँलेलाई कुटपिट गरेको स्थानीयले बताए ।वडाध्यक्ष यादवलेगाउँभरिका व्यक्तिलाई कुटपिट गरि ४ देखि १० हजारसम्म जरिवाना तोक्नुका साथै सादा कागजमा सहीछाप समेत गराएको बताइएको छ ।स्थानीय गाउँलेमाथि कुटपिट भएपछि न्याय माग्न बुधवार सदरमुकाम राजविराज आएको र सो क्रममा घटनाबारे सार्वजनिक भएको हो । वडा अध्यक्ष लगाएतले स्थानीय पुरुषलाई बाँधेर समेत कुटपिट गरेको गुनासो पिडित पक्षको छ । उनीहरुले घटनाबारे प्रहरीमा उजूरी गर्ने तयारी गरिरहेका छन् ।प्रकाशित : शुक्रबार, बैशाख २७, २०७६०५:४८काठमाडौ । बुवाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको छ।सुवर्ण गाउँपालिका ६ धरमपुरका ६१ वर्षीय अनुठा यादवको वैशाख १५ गते निधन भएको थियो। अन्त्येष्टिपछि छोराहरू अवधेश र पप्पुले कपला काटेनन् भने हिन्दु संस्कारअनुसार किरिया पनि गरेनन्।उनीहरूले परिवारले अपनाउँदै आएको कविरापन्थी परम्पराअनुसार सात दिनमै बुबाको काजकिरिया सके।हिन्दु संस्कारअनुसार काजकिरिया नगरेपछि गाउँका केही अगुवाले गाउँ भेला डाके। यादव परिवारलाई समाजिक बष्किार गर्ने निर्णय गरे।त्यसपछि यादवको ९ जनाको परिवार चार दिनदेखि गाउँ छाडेर हेटौंडाको कमानेमा बस्दै आएको छ। वीरगन्जबाट क्रान्ति शाहले लेखेको यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।कमानेमा पहिलेदेखि अवधेशको कुखुराको दानाको कारोबार छ।

Related Articles

Back to top button