समाचार

झापा मा बम विस्फोट

दमक, २७ साउन । झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ ।साेमबार बिहान नगरपालिकाको गरामनीमा रहेको ७, ८ र ९ नम्बर वडाको संयुक्त वडा कार्यालयमा बम विस्फोट भएको हो ।प्रहरीका अनुसार विस्फोट बिहान साढे चार बजेको आसपासमा भएको छ । विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।घटना कसले गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । विस्फोटमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को हात हुनसक्ने आशंका प्रहरीले जनाएकाे छ ।काठमाडौँ, २६ साउन । प्रदेश नं. ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको छ काठमाडाैँको न्युरोड भीडभाडमा अज्ञात व्यक्तिले आज दिउँसो झोलामा रहेको

पर्स लुटेको सांसद सुवेदीले बताएकी छन् ।भीड छिचोल्दै गर्दा पर्स लुटिएको पत्तै नपाएको सुवेदीले बताएकी छन् । उनका अनुसार पर्समा सात हजार रुपैयाँ नगद र केही महत्वपूर्ण सामानहरू थिए । यस्तै, एटिएम कार्ड, सांसद परिचय पत्र लगायत पनि पर्समै रहेको उनले बताइन् ।उनले बैंक जाँदाजाँदै ढिलो भएकाले प्रहरीले जानकारी गराइनसकेको बताइन् । महानगरीय प्रहरी परिसरले पनि सुवेदीले घटनाबारे जानकारी नगराएको बताएको छ।सुवेदीले प्रहरीमा भने निकै ढिला मात्रै उजुरी गरेकी छन् । बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंकतर्फ जाँदा प्रहरीमा उजुरी गर्न ढिलाई भएको सांसद सुवेदीले बताइन् ।

Related Articles

Back to top button