समाचार

ललितपुरमा पक्राउ परिन् अपहरणकारी युवती

युवती ललितपुरमा पक्राउ परिन् अपहरणकारी युवती ललितपुर प्रहरीले वृद्धलाई अपहरण गरी फिरौती माग्ने एक युवतीलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार सिन्धुली घर भई हाल ढोलाहिटी बस्ने अनिमा भुजेलले शुक्रबार बिहान इमाडोलका कृष्ण चौडेललाई अपहरण गरेकी थिइन्। चिनजानका चौडेललाई भेट्न बोलाएर बिहान ६ तिर भुजेलले अपहरण गरी ढोलाहिटी ल्याएको र छोरीलाई फोन गरेर दुई लाख रूपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ।अनिमाको फोनपछि चौडेलकी छोरीले प्रहरीलाई खबर गरेकी थिइन्। खबर पाउनासाथ डिएसपी कपिल बोहोरा नेतृत्वको प्रहरी टोली उद्धारका लागि ढोलाहिटी गएको थियो।दुई घन्टापछि चौडेलको सकुशल उद्धार गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए। अनिमासँगै दुई जना उनका साथीलाई पनि पक्राउ गरिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।काठमाडाैँ, २७ बैशाख । आफ्नो ५० हजार रुपैयाँ नपाएपछि एक महिलाले ५९ वर्षीय पुरुषको अपहरण गरेकी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टाेलीले अपहरणमा परेका पुरुषलाई सकुशल उद्दार गरेको छ भने महिलालाई नियन्त्रणमा लिएको छ ।सिन्धुली घर भई ढोलाहिटी बस्ने अनिमा भुजेलले ललितपुरको इमाडोलका ५९ वर्षीय कृष्ण चौडेललाई शुक्रबार बिहान अपहरण गरेकी थिइन् । उनीहरुबीच आर्थिक लेनदेनको कुरा नमिलेपछि अनिमाले कृष्णलाई अपहरण गरि बन्धक बनाएको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकारीका अनुसार भुजेलले चौडेललाई २ लाख रुपैयाँ ऋण दिएकी थिइन् । तर, ब्याज वापतको रकम दिन बाँकी थियो । रकम

नदिएपछि भुजेलले उनलाई बन्धक बनाउने प्रयास गरेकी थिइन् ।चौडेल ३० हजार मात्र दिन बाँकी रहेको बताएका छन् भने भुजेलले ५० हजार
बाँकी रहेको दाबी गरेकी छन् ।महानगरीय प्रहरी परिसर ललितपुर परिसरका प्रमुख (एसएसपी) रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको एसएसपी धानुकले बताए ।प्रहरीका अनुसार बिहान ६ बजेतिर कृष्ण चौडेल अपहरणमा परेका हुन् । चौडेल र भुजेल चिरपरिचत व्यक्ति हुन् । उनीहरुबीच पहिलैदेखि पैसाको कारोबार पनि हुने गरेको पाइएको छ ।चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमाले २ लाख फिरौती मागिन् । यदि, नदिए मार्ने धम्की समेत दिएको चौडेलले प्रहरी समक्ष बयान दिएको एसएसपी धानुकले जानकारी दिए ।कृष्णलाई अपहरण गरेपछि अनिमाले छोरी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेकी थिइन् । अनिमाले फोन गरेलगत्तै चरुले प्रहरीलाई खबर गरेकी थिइन् । चरुलाई अनिमाले अरु कसैलाई भने कृष्णलाई मारिदिने धम्की दिएकी थिइन् ।प्रहरीलाई सूचना प्राप्त भएलगत्तै डीएसपी कपिल बोहोराको टोली अपहरणमा परेका कृष्णको खोजीमा तत्काल परिचालन भएको एसएसपी धानुकले बताए ।पक्राउ परेकी भुजेलमाथि प्रहरीले अनुसन्धान थालेपछि अपहरण संलग्नमा अरु पनि रहेको खुल्न आएको छ । प्रहरीका अनुसार थप एक महिला र एक पुरुषको संलग्नता रहेको पाइएको छ । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button