समाचार

ट्राफिक प्रहरीको भ्यान दुर्घटना,

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठ*ककर दिँदा एक जनाको मृ*त्यु भएको छ । महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार राती बालकुमारी र कोटेश्वर जोड्ने पुलमुनी एक यात्रुलाई ठ*क्कर दिएको थियो ।

ठ*क्करपछि घा*इतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो । घाइतेको आज बिहान ९ बजे मृ*त्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति सडकमै बस्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । घाइते मान्छेले बोराको कपडा बनाएर लगाएको पाइएको भन्दै उनी मान*सिक सन्तुलन गुमाएको व्यक्ति हुनसक्ने बोगटीले बताए ।

घटनाको अनुसन्धानका लागि चालक र सवारीसाधनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।

Related Articles

Back to top button